बुटवल सहरलाई तीनतिरदेखि घेरेको चुरे पहाड लामो समयदेखि पहिरोेको चपेटामा छ । चुरेको काखमा रहेका ज्योतिनगर, लक्ष्मिनगरजस्ता घना वस्तिका मानिसहरुलाई बर्खा लाग्नासाथ कतिबेला पहिरोले च्याँप्ने हो भनी अनिद्रा सुरु हुन्छ । विपद् व्यवस्थापनको जिम्मा पाएको बुटवल उपमहानगरपालिका र चुरे संरक्षणको जिम्मा पाएको राष्ट्रपति चुरे संरक्षण समिति बर्षौदेखि मुकदर्शक मात्रै बनिदिंदा अहिले मनसुन सुरु हुनासाथ चुरेको फेँदमा बस्ने मानिसहरुको मनमा फेरि भय उत्पन्न भएको छ ।
- सन्तकुमार श्रेष्ठ
बुटवल । फेरि मनसुन सुरु भएको छ । र, सँगै बुटवलको चुरेको फेँदमा रहेका वस्तीमा त्रास सुरु भएको छ । दुई दशकभन्दाअघिदेखि चुरेमा बसोबास सुरु भएयता पनि बर्षेनी पहिरोको जोखिम छ । तर गएका बर्षहरुमा अनुमानभन्दा अधिक र लगातार परेको बर्षाले त्यो जोखिमलाई अझै उच्च बनाएको छ । अझै दुखद् त के भने पहिरोको त्रासमा रात काट्न बाध्य भएका ज्योतिनगर, लक्ष्मिनगरका वासिन्दाहरुलाई अघिल्ला बर्षहरुमा जस्तै यस बर्षपनि त्रासै त्रासको याम सुरु भएको छ ।
२०७८ भदौ १४ गते मिलनटोलमा गएको पहिरोले त्यहाँका १४ घर बगायो । १७ घरमा बस्न नमिल्ने गरी क्षति पु¥यायो । यो घटनाले २८ जनालाई मिलनटोल छोड्ने बनायो । वस्तीमा दुख सकिएकै थिएन त्यसको करिब एक महिनापछि ज्योतिनगरमा त्यस्तै अर्को ठूलो पहिरो झ¥यो । सोही बर्ष असोज ४ गते झरेको पहिरोले ज्योति नगरका पाँच घर बगायो । १५ घरमा बस्नै नमिल्ने गरी क्षति पु¥यायो । १२ घरमा सामान्य क्षति पुया¥यो । यो घटनाबाट ३३ जना केही समयका लागि ज्योतिनगर छाड्न बाध्य भए ।
पहिरोबाट विस्थापित भएका पिडितहरुलाई बुटवल नगरपालिकाले अल्पकालका लागि व्यवस्थापन त ग¥यो तर फेरि फेरि दोहोरिएर आइरहने पहिरोको त्रास भने मेटाउन सकेन ।
पहिरोबाट विस्थापित भएका परिवारहरुलाई नगरपालिकाले केही समयका लागि कोठा भाडामा स्थानान्तरण गरेको थियो । बर्खा सकिएर पहिरोको जोेखिम अन्त्य भएपछि मात्रै उनीहरु आफ्ना घर फर्किएका थिए । केहीले फेरि नयाँ घर बनाए भने कोही भत्किएकै घरमा बस्न बाध्य भए ।
यसो त त्यो क्षेत्रमा पहिलो पटक पहिरो गएको भने होइन । २०५४ सालमा ज्योतिनगरमा आएको पहिरोले ५७ जना परिवारलाई विस्थापित गरेको थियो । त्यसयता २०५५ साल भदौ २० गते आएको अर्को ठूलो पहिरोमा परी एक जनाको ज्यान गयो । यो पहिरोले करोडौँ सम्पत्ति नष्ट गरेको थियो ।
पहिरो पीडित परिवारको लागि सरकारले बुटवलको तामनगरमा दुई विगाहा जमिन उपलब्ध गराएको थियो । तर उनीहरु सहज रुपमा स्थानान्तरण भएनन् । तामनगरमा पाएको भूमिको स्वामित्व लिएपनि उनीहरु सर्न मानेनन् । यता ज्योतिनगरमा पहिरोले पुरेको उनीहरुको जमिनको लगत कट्टा भएन । जसकारण पहिरो पिडीत परिवारले दुवै तर्फ जमिनको स्वामित्व पाए ।
भूगर्भविद्हरुका अनुसार अस्थि तर चट्टानले बनेको हुनाले चुरे कमलो छ । त्यसैले यहाँ पहिरो गइरहनु सामान्य कुरा हो । ‘चुुरेले न पानी थाम्न सक्छ न बोट बिरुवा नै । त्यसैले यहाँ आउने पहिरोबाट बँच्न वस्ती सार्नुबाहेक अर्को उपाय छैन ।’ लामो समयदेखि चुरेको अध्ययन गरेका वातावरण इन्जिनियर खेटराज दहाल भन्छन् ।२०५५ सालमा चुरेमा ठूलो पहिरो गई तिनाउ नदि थुनिएर ठूलो विध्वंश मच्चिएको थियो ।
यसो त अघिल्लो बर्ष गएको पहिरोलाई मध्यनजर गरी बुटवल उपमहानगरपालिकाले पहिरो ग्रस्त क्षेत्रमा लेदोजन्य पदार्थले भरिएको नालासफा ग¥यो । सडक नै पुर्ने गरी झरेको हिलो फाल्यो । अब माथिबाट माटो झर्न नदिन तार जाली पनि लगाइरहेको छ । यसका लागि नगरपालिकाले टोल विकास संस्था मार्फत ८६ लाख खर्च गरिसकेको छ ।
‘माथीबाट बगेको मुलको खोलामा फर्काउने काम भएको छ,’ बुटवल उप–महानगरका विपद व्यवस्थापनका प्रमुख योगेश चापागाईं भन्छन्, ‘राष्ट्रीय विपद व्यवस्थापनले १ करोड २५ लाखको पर्खाल लगाउने काम गरिरहेको छ ।’
यही चुरे दिवसको अवसरमा ज्योेतिनगर, लक्ष्मी नगर र दुर्गानगरमा एक हजार दुई सय ५० राइजोम(बाँसको प्रजाति) जातको बास रोप्ने तयारी भइरहेको विपद् शाखा प्रमुख चापागाइँले बताए । उनका अनुसार आउने दुई बर्षपछि अहिले रोपिएका बाँसले पहिरो रोकथाममा निकै सहयोग पु¥याउने छ । ‘प्रति हेक्टर चार सय बिरुवा रोप्ने तयारी भएको छ,’ चापागाइँले भने, ‘यस्तो खालको बाँसको बिरुवा छिटो हुर्कने भएकाले वृक्षारोपण गर्ने लागिएको हो ।’अहिले चुरे डाँडा पुरै खस्किइरहेकाले एक्साभेटरको मद्धतले कान्ला खेति प्रणाली अनुसार तिनाउ खिलामा पानी जाने बनाएको छ ।
के हो चुरे ?
भौर्गभिक अध्ययनहरुलाई मान्ने हो भने उत्तर –दक्षिण बग्ने नदिहरुले बगाएर ल्याएका थेगरहरु थुप्रेर बनेको नयाँ पहाड हो , चुरे । करिव साढे एक करोड बर्ष पहिलेले देखि १० लाख बर्ष अघिसम्म टेक्टोनिक प्लेटहरुको टकरावका कारण हिमालय पर्वत अग्लिदै गर्दा हिमालय पारी तिब्बती पठारबाट बगेर आउने नदिहरुले थुपारेको थेगरहरुबाट चुरे बनेको हो ।
भौगर्भिक समय अनुसार मायोसिनको पछिल्लो युगदेखि थुप्रीन सुरु गरेका थेगरहरुबाट बनेका पत्रे चट्टानहरु चुरेका फाउन्डेसन हुन ।
बुटवलमा रहेर चुरे र तिनाउको लामो समयदेखि अध्ययन गरिरहेका इन्जिनियर खेटराज दाहाल नेपालको चुरे क्षेत्रमा बलौटे ढुङ्गा, माटो ढुङ्गा र सङ्गुटिकाहरु पाइन्छन । यी तीन थरिका चट्टान बाहेक ठुला–ठुला नदिका किनारहरुमा खुकुलो गरि गेग्रयान जन्य थ्रेगर रहेका छन । भूक्षय दृष्टिले यो अत्यन्तै सम्वेदनशिल क्षेत्र हो । झट्ट हेर्दा कडा चट्टान झै लाग्ने बलौटे ढुङ्गाहरु भन्दा बलियो देखिएपनी नरन माटे ढुङ्गासित पत्रपत्र मिलेर बसेको हुन्छ । नरम चट्टान छिट्टै खिइयो र बलियो भएपनि आड गुमाउदा बलौटे चट्टान पनि भट्टिने उच्च जोखिममा रहने भुगर्भशास्ट्री प्रेम पौडेल बताउँछन् ।
सन् १९५० को दशकमा औलो उन्मुलन हुनु र त्यसपश्चात पुर्व–पश्चिम राजमार्गको निर्माण थालनी हुनुले चुरेको फेँद तथा भावर क्षेत्रमा मानव बस्तीको विस्तार भयो । प्राकृतिक रुपमा आफैमा कमजोर रहेको चुरेलाई मानव सिर्जित संकटले थप कमजोर बनाउदै लग्यो ।
हाल देशभरका चुरे र भावर क्षेत्रमा १ करोड ४७ लाख ४८ हजार ६ सय ७२ जना मानिसहरूको बसोबास छ।२०६८ को जन गणना अनुसार यो नेपालको आधा भन्दा धेरै जनसंख्या हो। फलतः प्रतिबर्ष ०.१८ प्रतिशत अर्थात ९ सय २५ हेक्टरका दरले चुरे क्षेत्र विनास भैरहेको छ ।
चुरे र भावर क्षेत्रमा जनसंख्या बढेपछी वन पैदावरको अव्यवस्थित दोहन, घरपालुवा चौपाया खुला परिचरन , वन डढेलो , वातावरण अमैत्री विकास विकास पुर्वाधारलगायतका क्रियाकलापले चुरे दोहन भैरहेको छ ।
पहिरो रोक्न ग्याभिन वाल
राष्ट्रपति चुरे संरक्षण ईकाई बुटवलले चुरेमा पहिरो गएपछि गरेको अध्ययन अनुसार पहिरोको मुख्य कारण चुरे डाँडामा पानी रोकिन नसक्नु थियो । ईकाई प्रमुख अजय कार्कीका अनुसार पछिल्ला केही बर्षयता सक्रिय मनसुनको अवधि लामो भएकाले पहिरो झर्ने क्रम नरोकिएको हो । उनी भन्छन्, ‘प्रारम्भिक अध्ययन अनुसार अत्यधिक पानी पर्नु नै पहिरोको कारण हो । चुरेमा भेजिटेशन कम हुँदै जाँदा पानी अडिने स्थान नभएकाले पहिरो गएको हो ।’
यसो त यस बर्ष पनि मौसम तथा पूर्वानुमान महाशाखाले मनसुन अवधि लामो हुने र पानी सामान्यभन्दा अधिक पर्ने जनाइसकेको छ ।
उक्त कुरालाई मध्येनजर गरी चुरे संरक्षण इकाईले पहिरो ग्रस्त क्षेत्रमा अहिले चारजाली र ग्याभिनको भित्तो बनाउने काम गरेको छ । ‘माथिबाट झरेको लेदो सिधै वस्तीतर्फ नआओस् भन्नका लागि त्यस्तो तारजाली लगाइएको हो,’ उनी भन्छन्, ‘तर यो अल्पकालीन प्रतिकार्य योजना मात्र हो ।’
यसो त दिर्घकालका लागि भने चुरे क्षेत्रमा रहेका वस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको वातावरण इन्जिनियर खेटराज दहाल बताउँछन् । ‘तर यसतर्फ कसैको ध्यान गएको छैन,’ उनले भने–‘फेरि मनसुन नजिकिएको छ । चुरेमा संकट भने सकिएको छैन ।’
संरक्षणका आगि बजेट ः हात्तीको मुखमा जिरा
चुरे क्षेत्रको बिग्रदो वातावरणिया अवस्थाले गर्दा चुरे– तराई मधेस भु–परिधीमा चुरे संरक्षण कार्यक्रम सन्चालन गर्न २०६६÷६७ मा राष्ट्रपती चुरे संरक्षण कार्यक्रम कार्यनयनको सुरुवात गरेको थियो । कार्यक्रम अन्तर्गत वि.स. २०७१ असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति गठन गरि यसलाई समग्र मधेस–तराई गुरुयोजना तयार ग¥यो । चुरे रहेका ३६ जिल्लामा कार्यक्रम कार्यनयन गर्न नेपालभर ५ वटा कार्यलय स्थापना भएका छन् ।
बुटवलमा पनि प्रदेश ४ को तनहुँ , कर्णालीको सल्यानसहित लुम्बिनी प्रदेशका ७ जिल्ला हेर्नेगरी बुटवलमा कार्यलय स्थापमा भएको थियो । लुम्बिनी प्रदेशमा पहिलो चरणमा गत आर्थिक बर्षमा ५ वटा नदि प्रणालीमा छ । नवलपरासी को भलुही खोला , अर्घाखाँचीको रनसिङ दाङका राप्ती, कपिलवस्तुको वाणगंगा खोला र दाङका मोहतिनिया गरि ५ वटा नदि प्रणाली कार्यक्रमको छनौटमा परेका छन ।