लुम्बिनीको नीति तथा कार्यक्रम बहुमतले पारित

बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि यहि जेठ २५ गते प्रदेश सभामा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम आईतबार बसेको प्रदेश सभा बैठकमा बहुमतले पारित भएको हो ।

आईतबार बसेको प्रदेश सभा बैठकमा सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको ‘समृद्धि प्रदेश आत्मनिर्भर लुम्बिनी’ को नारालाई यस वर्षको बजेटबाट सम्वोधन गरिने गरी नीति तथा कार्यक्रम ल्याईएको बताउनु भयो । उहाँले प्रदेश सभा सदस्यहरुलाई लुम्बिनीको विकासको लागि एकतावद्ध भएर लाग्न पनि आग्रह गर्नुभयो ।

उहाँले पारित भएको नीति तथा कार्यक्रम अनुसार नै बजेट ल्याउने तयारी गरिएको जानकारी गराउनु भयो । उहाँले राजनीतिक रुपमा मतभेद र दृष्टिकोण फरक भएपनि यहाँको विकासको लागि एक हुन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले प्रदेशको गौरवको आयोजना, प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषिको क्षेत्रमा लगानी गर्ने बताउँदै त्यसका लागि प्रदेश सकरकार जिम्मेवार भएको बताउनुभयो ।

 
 
  
 

You may also like