प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिन नगर प्रमुख खाणको आग्रह

तिलोत्तमा।तिलोत्तमा नगरपालिका नगर प्रमुख राम कृष्ण खाँणले तिलोत्तमा नगर भित्रका सामुदायिक विद्यालयको भौतिक पुर्वाआधार र शिक्षाको गुडस्तर मा सुधार गर्नको लागि नया शैक्षिक उपकरणहरु प्रयोग गरेर बालबालिकालाई आईटि सम्बन्धि शिक्षा दिनु पर्ने बताउनु भएको छ।

तिलोत्तमा वडा नं १३ मा रहेको बाउन्नकोटि सामुदायिक हलमा भएको शिक्षक कर्मचारी उत्प्रेरणा कार्यक्रममा खाणले प्रतेक बिद्यालयमा प्रगोगात्कम शिक्षालाई प्राथमिकता दिन नगर प्रमुख राम कृष्ण खाणले प्रध्यानध्यपक हरुलाई आग्रह गर्नु भयो।

शिक्षक कर्मचारी उत्प्रेरणा कार्यक्रममा खाणले नगर भित्र रहेका १७ वटै वडा हरुमा राम्रो एउटा सामुदायिक विद्यालय बनाई सबै तहका बालबालिकाले पढ्न मिल्ने बनाउन पर्ने बताउनु भयो। खाँणले तिलोत्तमालाइ शैक्षिक हबको रुपमा चिनाउने समेत बताउनु भएको छ।

यसै कार्यक्रममा वडा नं १३ का अध्यक्ष नाराणय ढकाल,कार्यपालिका सदस्य रवि सेन्चुरि लगाएत ले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा टिकुलीगढ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष स्याम खरेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव प्रचण्ड जिसिको संचालन रहेको थियो।
कार्यक्रममा शिक्षा अधिकारी ईन्द्र ढकालले प्रशिक्षण दिनु भएको थियो ।

 
 
  
 

You may also like