आज नेपाल र अमेरिका खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा आज (शनिबार) नेपाल र अमेरिका खेल्दै छन् । खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा शुरु हुनेछ । नेपाल-अमेरिकाबीच एक दिवसीयमा चार पटक भेट भएको छ । त्यो भेटमा नेपाल तीन खेलमा र अमेरिका एक खेलमा विजयी भएको छ ।

यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल १३ खेलमा ६ मा जित र सातमा हारका साथ छैटौं स्थानमा छ । नेपालको १२ अङ्क रहेको छ । त्यस्तै अमेरिका २१ खेलमा १० मा जित र ११ हारसहित २० अङ्ककासाथ चौथो स्थानमा रहेको छ ।

ओमान ३४ खेलमा ४२ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । नेपालले तेस्रो खेलमा फेरि ओमानसँग जेठ ३१ गते र अन्तिम खेलमा अमेरिकासँग असार १ गते खेल्ने तालिका रहेको छ ।

 
 
  
 

You may also like