एक दिने तनाव ब्यवस्थापन तालिम

बुटवल।रोटरी क्लब अफ बुटवल डाउनटाउनले शुक्रबार तनाव ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । प्रविधिमैत्री आधुनिक जिवनशैली अप्नाउने मानिसहरुमा तनावको समस्या देखिने गरेको भन्दै यश विषयमा सचेतना जगाउने उदेश्यका साथ क्लबका सदस्यहरुलाई एकदिने तनाव ब्यवस्थापन सम्बन्धि तालिम गरिएको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए।
तालिमलाई वरिष्ठ न्युरोसाईक्रेटिक्स राजेश श्रेष्ठले सहजिकरण गरेका थिए। उनले आधुनिक जिवनशैलीलाई थोरै भए पनि परिवर्तन गर्न सके यसबाट मानिसमा आईरहेको धेरै किसिमका मानसिक समस्या कम हुने दाबी गरे।
कार्यक्रमको रोटरी ईन्टरनेश्नल ३२९२ नेपाल भुटान २०२१/२०२२ का एजी डा. नारायण प्रसाद पन्थले उद्घाटन गरेका थिए । यसैगरि एजी जीवन अधिकारी, बुटवल उपमहानगरपालिका वडा नं ४ का नबनिर्बाचित वडाअध्यक्ष नरिश्वर पौडेल, क्लबका सचिव बाबुराम बन्जाडे, क्लबका इलेक्ट प्रेसिडेन्ट भरत रानाले यस क्षेत्रका सामाजिक क्षेत्रमा अग्रसर क्लबहरु सामुहिक कार्यमा लाग्नुपर्ने समय आएको बताए।
कार्यक्रम सयोजक शिव ज्ञवालीले क्लबको ८ सय ९५ नियमित बैठक तथा पाचौ क्लब एसेम्बली समेत सम्पन्न भएको बताए। क्लबका प्रगतिका बारेमा विभिन्न संय‍ोजकहरुले कार्यप्रगति पेश गरेका थिए।

 
 
  
 

You may also like