इम्बोस्ड नम्बर प्लेटमा चार अर्ब घोटाला : भीम रावल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमार्फत चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब घोटाला हुनसक्ने आशंका व्यक्त गरेका हुन् । संविधान अनुरुप सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने भए पनि सो मर्म बमोजिम नभई इम्बोस्ड नम्बर अंग्रेजी भाषामा गरिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

उनले इम्बोस्ड नम्बर प्लेट बनाउन दिइने कम्पनी नै विश्व बैंकको कालोसूचीमा रहेको बताए । उनले विदेशी कम्पनीलाई बायोमेट्रिक गर्न दिन नहुने पनि बताए ।

 
 
  
 

You may also like