विश्व वातावरण दिवस : बुटवल उपमहानगरपालिका परिसरमा बृक्षरोपण

बुटवल। विश्व वातावरण दिवसको अवसरमा बुटवल उपमहानगरपालिको कार्यालय परिषरमा बृक्षरोपण गरिएको छ । दिवसको अवसर पारेर आईतबार साँझ नगरपालिकाको कार्यालय परिषरमा बृक्षरोपण गरिएको हो ।

बृक्षरोपण कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा अर्याल सहित नगरपालिकाका कर्मचारीहरु सरिक हुनु भएको थियो । त्यस अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले वातावरण र पर्यावरणको संरक्षणको लागि विश्व वातावरण दिवसको अवसर पारेर सिम्बोलिक रुपमा बृक्षरोपण गरिएको बताउनु भयो ।

उहाँका अनुसार दिवसका अवसरमा नगरपालिकाको कार्यालय परिषर सहित बुटवलको ज्योतीनगर पहिलो क्षेत्र, शिवनगर सामुदायिक बनमा बृक्षरोपण गरिएको छ । शिवनगर सामुदायिक बनमा पञ्चतत्व विरुवा रोपिएको हो । यस अवसरमा नयाँगाउँ खानेपानी तथा सरसफाई संस्थामा पनि वातावरण संरक्षण सम्बन्धि कार्यक्रम गरिएको नगरप्रमुख पाण्डेयले बताउनु भयो ।

 
 
  
 

You may also like