काँग्रेसबाट नवनिर्वाचित जनप्रतिनीधिलाई सम्मान : भ्रष्टाचार गरे कारवाहीको चेतावनी

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेशका विभिन्न जिल्लाका नवनिर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान गरेको छ । नेपाली काँग्रेसले पार्टीबाट निर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान गर्नुको साथै कार्यशैलीलाई प्रभावकारी र सुशासनयुक्त बनाउन पनि निर्देशन गरेको हो ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले सम्बन्धित जिल्लाको पार्टीसंग सहकार्यमा कार्यक्रमको आयोजना गरि नवनिर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान गर्नुको साथै सभापति अमरसिंह पुनले सोही अनुसार निर्देशन गर्नुभएको काँग्रेस लुम्बिनी प्रदेश समितिकी सहमहामन्त्री निमा गिरीले जानकारी गराउनु भयो ।

नेपाली काँग्रेसले रोल्पा, प्युठान र बाँकेका नवनिर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान गरिसकेको छ । त्यस्तैगरी भोली सोमबार बर्दियामा कार्यक्रम आयोजना गरिएको छ । सहमहामन्त्री गिरीका अनुसार सबै जिल्लामा कार्यक्रम गरेर पार्टीबाट निर्वाचित जनप्रतिनीधिलाई सम्मान गरिने छ ।

त्यस अवसरमा सभापति पुनले नवनिर्वाचित जनप्रतिनीधिहरुलाई बधाई ज्ञापन गर्नुको साथै जनप्रतिनीधिहरुलाई आफ्नो कार्यशैली सरल, व्यवहारिक तथा सुशासनयुक्त बनाउन आग्रह गर्दै भ्रष्टाचार गरेमा पार्टीले कारवाही गर्ने चेतावनी पनि दिनुभएको उहाँले बताउनु भयो ।

 
 
  
 

You may also like