बुटवलमा लर्नसिक एकेडेमिक मिट सम्पन्न

बुटवल।भर्चुअल लर्निङ्गमा इनोभेसनसहित काम गरिरहेको शैक्षिक प्लाटफर्म लर्नसिक एजुकेशनले बुटवलका शिक्षाविद तथा प्राध्यापकहरुसंग परामर्श एवं अन्तरक्रिया अन्तर्गत लर्नसिक एकेडेमिक मिट सम्पन्न गरेको छ | उक्त्त कार्यक्रममार्फत लर्नसिकले आफ्ना कार्यक्रमहरुको बारेमा जानकारी तथा सरोकारवालाहरुको सुझाव संकलन गरेको थियो | विधार्थीहरुलाई उनीहरूले चाहेको बेला रोजेको कोर्स नेपालकै सबैभन्दा उत्कृष्ट शिक्षकबाट न्यूनतम मुल्यमा पढ्न सकिने गरि उत्पादन भएका कोर्सहरु छिट्टै नै बजारमा उपलब्ध हुने गरि काम भइरहेको कम्पनीले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै हिसानको केन्द्रिय उअपाध्यक्ष तथा होराइजन ग्रुपकाअध्यक्ष लोकनाथ उपाध्यायले नेपालजस्तो समानखालको शैक्षिक गुणस्तर वितरणमा चुनौती रहेको मुलुकमा भर्चुअल माध्यमबाट दुर दराजका ठाउँमा गुणस्तरीय पठनपाठन गर्न सक्दा यसले मुलुकको शिक्षाको गुणस्तरलाई बढाउन पक्कै पनि टेवा पुर्‍याउने भएकोले बुटवल लगायत काठमाडौँ बाहिरका शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई लर्नसिकको प्लाटफर्म अत्यन्तै उपयोगी रहेकोले भर्चुअल माध्यमबाट हातहातमा शैक्षिक सामग्री पुर्याउने लर्नसिकको अभियान अत्यन्तै सकारात्मक र उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो |
लर्नसिकका रिसर्च कन्सल्टेन्ट तथा लेक्चरर इन्जिनियर आभाष आचार्यले लर्नसिकले तयार गरेको बि.ई. (इञ्जिनियरिङ्ग स्नातक) प्रवेश परिक्षाको तयारीको लागि आवश्यक कोर्सको उपयोगीता र विशेषताको बारेमा प्रकाश पार्नुभयो | उहाँले अब बुटवलका विद्यार्थी तयारी कक्षा लिनका लागि काठमाडौँ गएर इन्स्टिच्युटमा महँगो शुल्क तिरेर खर्चिलो कोर्सहरु लिनुपर्ने अहिलेको बाध्यात्मक अवस्थाको अन्त्य हुने बताउनु भयो | लर्नसिकले लामो समयको अध्ययन अनुसन्धान पश्चात विशेष रुपले दक्ष प्रशिक्षकबाट आफ्नै डिजिटल स्टुडियोमा डिजाइन तथा उत्पादन गरेको कोर्स अत्याधुनिक वेब पोर्टल www.learnsic.com मार्फत न्यून शुल्कमा उपलब्ध गराइने जानकारी गराउनुभयो | यी विशेषताको साथै लर्नसिकले नेपालको जुनसुकै भूभागमा रहेका प्रशिक्षकहरु जोडिएर आफ्नो कोर्सहरु संचालन गर्न मिल्ने गरि प्लाटफर्म तयार गरेको बताउनुभयो | उहाँले हाल लर्नसिकले एसईई पछिको तयारी कक्षाहरू र प्लस टु ब्रीज कोर्स तथा सिटिइभिटीई कार्यक्रम अन्तर्गतका कृषि, भेटेरेनरी, ओभरसियर, नर्सिङ, हेल्थ असिस्टेन्टलगायतको कोर्सको लागि इन्ट्रान्स तयारी कक्षाहरु अत्यन्त न्यून शुल्कमा लाइभ क्लासमार्फत संचालन गराइरहेको जानकारी गराउनु भयो |
अनुभवी प्रशिक्षकबाट रेकर्ड गरिएको ३६० घण्टाको उक्त कोर्समा प्रत्येक क्लास पछि क्विज, हप्ताको एक पटक मोक टेस्ट र सम्बन्धित विज्ञ प्रशिक्षकसंग प्रश्न उत्तर सेसन मार्फत आफ्नो द्विविदाहरु निवारण गर्नसकिने सम्मको सुविधा रहेको छ |
लर्नसिकको कार्यक्रम तथा कोर्सहरुको बारेमा विस्तृतमा जान्न, बुझ्न तथा निशुल्क ट्रायल क्लासहरु लिनको लागि www.learnsic.comमा जानसकिनेछ |

 
 
  
 

You may also like