रुपन्देही बस दुर्घटना : ५ को पहिचान खुल्यो, एक भारतीय पनि भएको पुष्टि (अपडेट)

बुटवल । जिल्लाको रोहिणी खोलामा बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेमध्ये ५ जनाको पहिचान खुलेको छ ।

जनकपुरबाट बुटवल आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा–परसी हुलाकी सडक खण्डमा दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा मृत्यु हुने ९ मध्ये ५ जनाको पहिचान खुलेको हो । भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु हुने ५ जनामा ३ जनाको सनाखत भएको प्रहरीले बताएको छ ।

त्यस्तै भीम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ । त्यस्तै अर्का एक भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्माको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like