रुपन्देहीमा पुलबाट रात्रिबस खस्दा नौं जनाको मृत्यु, २३ घाइते

रुपन्देही । रुपन्देहीमा यात्रु बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ । रात्रि बस दुर्घटनामा अन्य २३ जना घाइते भएका छन् ।

आज (आइतबार) बिहान करिब साढे चार बजे भैरहवा-परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा बस दुर्घटना भएको हो ।
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी खोलाको पुलबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा गम्भीर घाइते भएकामध्ये पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भिम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोहिणी पुलको रेलिङ भाँच्दै बस खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

 
 
  
 

You may also like