राष्ट्रपति भण्डारी जापानबाट स्वदेश प्रस्थान

by समतल अनलाइन

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी भई आज (बुधबार) बिहान टोकियोस्थित हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान गरेकी छन्।

उनलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गरेका छन्।

राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा.हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी सहभागी छन्।

राष्ट्रपति भण्डारी २९ असोजमा राजकीय भ्रमणका लागि म्यान्मा प्रस्थान गरेकी थिइन्। म्यान्माको भ्रमण पूरा गरेर ३ कात्तकमा उनी जापान गएकी थिइन्।

 
 
  
 

You may also like