तारा एयरको विमान दुर्घटना : १४ यात्रुको शव फेला, पहिचान गर्न कठिन

मुस्ताङ । तारा एयरको विमान दुर्घटनास्थल मुस्ताङको थासाङ-२ मा १४ जना यात्रुको शव भेटिएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले दुर्घटनास्थलबाट १४ जनाको शव भेटिएको पुष्टि गरेको छ ।

तर ती सबै शवको पहिचान हुन नसकेको प्राधिकरणले जनाएको छ । हाल सम्म १४ जनाको शव भेटिएको र पहिचान हुन बाँकी रहेको छ ।
तारा एयरको नाइन एन एईटी ट्विनअट्टर जहाज आइतवार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको केही मिनेटमा बेपत्ता भएको थियो । तारा एयरको जहाज दुर्घटना भएको अहिले ३ जना सेना, चार जना शेर्पा र ९ जना स्थानीयबासीले उद्धार गरिरहेका छन् ।
चालक दलका तीन जनासहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षत-विक्षत अवस्थामा गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् ।

 
 
  
 

You may also like