खजुरा सम्मेलन आज देखि सुरु

by समतल अनलाइन

मुख्यमन्त्री पोखेरेलद्रारा उदघाटन
खजुरा । बाँकेको खजुरामा आजदेखि ‘बृहत खजुरा सम्मेलन’ हुदैछ । खजुरा गाउँपालिका क्षेत्रमा पर्ने शैक्षिक संस्थाबाट आधारभूत तथा उच्च शिक्षा अध्ययन गरि बिभिन्न बिषयमा बिशेषज्ञ हासिल गरेर देश तथा विदेशमा रहेर काम गरिरहेका विषय विज्ञहरुलाई पालिकामा भेला गराउने उद्देश्यले ‘बृहत खजुरा सम्मेलन’ आयोजना गर्न लागिएको हो ।

कार्यक्रम भाेली समापन हुनेछ ।

नगरोन्मुख गाउँपालिका विकासको दीर्घकालीन योजना सहित नमुना पालिकाको रुपमा स्थापित गर्न ‘बृहत खजुरा सम्मेलन’ को आयोजना गर्न लागिएको गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिए ।

‘देशमैं यो नमूना अभ्यास हो’ खजुरा सम्मेलनको तयारीमा रहेकम गाउँपालिका प्रमुख कक्षपतिले भने । तयारी पुरा भएङ्काे उनले बताए ।

कात्तिक ६ गते गाउँपालिका वडा नं ३ स्थित ज्ञानोदय उच्च माध्यमिक विद्यालय परिसरमा आयोजना गरिने सम्मेलनलाई प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोख्रेलले प्रमुख अतिथिका रुपमा सहभागीता जनाउने र उद्घाटन गर्नेछन् ।

उद्घाटन समारोहमा बिशिष्ट अतिथिको रुपमा इजरायलका राजदूत सहभागी हुने पक्का भइसकेको गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले जनाएका छन् ।

बाँके जिल्लाबाट निर्वाचित संघ तथा प्रदेश सभाका सबै सांसद, जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तव, बाँकेका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरु लगायतको सहभागिता पनि रहने कक्षपतिको भनाइ छ ।

आयोजकका अनुसार, पहिलो दिन उद्घाटन समारोह खुल्ला रहनेछ । शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, अर्थ, कृषि, बालबालिका तथा महिला लगायतका १० वटा बिषयमा प्रत्येक विज्ञले अलग–अलग प्रस्तुत गर्ने कार्यपत्र तयार भइसकेको छ ।

 
 
  
 

You may also like