प्रविधियुक्त कृषि उपच थोक बजार निर्माणको लागि बुटवल उपमहानगरपालिकाले जग्गाको ब्यवस्थापन गर्ने

बुटवल । रुपन्देहीको कर्साघाटमा आधुनिक प्रविधियुक्त कृषि उपच थोक बजार निर्माणको लागि बुटवल उपमहानगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७८–७९ मा कर्साघाटमा कृषि उपच थोक बजार निर्माणको लागि बजेट छुट्टाए पनि जग्गा प्राप्ती हुन नसक्दा निर्माण कार्य सुरु भएको थिएन । कृषि उपच संकलन, प्रशोधन तथा ब्राण्डिङ्ग गरी स्वेदेशी तथा विदेशी बजारमा विक्री वितरण गर्ने उदेश्य सहित नेदल्याण्ड सरकारको अनुदानमा निर्माण हुने बजार निर्माणको लागि बुटवलको वडा नं. १५ र १६ को कर्साघाटमा जग्गाको ब्यवस्थापन गरिने भएको हो । यसको लागि उपमहानगरपालिकाका मेयर खेलजराज पाण्डेयले स्थानीयहरुको समन्वयनमा जग्गा ब्यवस्थापन गर्नको लागि वडा अध्यक्षहरुलाई निर्देशन दिनु भएको छ । शनिबार उपमहानगरपालिकाको कार्यालयमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीककरण प्रर्वद्धन केन्द्रले आयोजना गरेको परियोजनाको वर्तमान अवस्था र भावी कार्यक्रम सम्बन्धी बैठकमा बोल्दै मेयर पाण्डेयले यो परियोजना सफल पार्नको लागि सबै राजनीतिक दल , जनप्रतिनिधिहरुको साथमा अघि बढ्ने बताउनु भयो ।

परियोजना सफल बनाउनेको लागि आफै फोकल पर्सन बस्ने र परियोजना सफल बनाएर छाड्ने उँहाले बताउनु भयो । मेयर पाण्डेयले परियोजना सफल बने लुम्बिनी प्रदेश कै कृषक र उपभोक्ताले लाभ लिन सक्ने बताउनु भयो । यस्तै उपमेयर सावित्रादेवि अर्यालले परियोजना सफल बनाउनको लागि राजनीतिक दल र स्थानीयहरुसँग समन्वयन गरेर जग्गा प्राप्ती गर्नु पर्ने बताउनु भयो । नेपाल सरकारले नेदरल्याण्ड सरकालाई आधुनिक प्रविधियुक्त कृषि उपच थोक बजार निर्माणको लागि अनुरोध गरेपछि सन् २०१९ डिसेम्बर १७ मा पहिलो र दोश्रो चरणको सम्भाब्यता अध्ययनको लागि अनुदान सम्झौंता भएको थियो । अहिले सम्भावना अध्ययन कार्य सकिएर गुरु योजना समेत तयार भएको छ । सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट माफृत बजार निर्माण कार्य सुरु गर्ने भने पनि जग्गा प्राप्ती नहुँदा निर्माण कार्य रोकिएको छ ।

पुस महिनासम्म जग्गा प्राप्ती नभए नेदरल्याण्ड सरकारले दिने अनुदान रोकिने छ । कृषि उपज बजार निर्माणको लागि २ अर्ब २ करोड ४४ लाख बजेट लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख गरिएको छ । परियोजना निर्माणको लागि प्रस्ताव गरिएको कर्साघाट ठुलो क्षेत्र, बाढीको प्रकोप कम , सडक पहुँच र जमिनको सतह र आकार मिलेकाले उपयुक्त मानिएको छ ।

 
 
  
 

You may also like