दाङमा गोली लागेर एक युवकको मृत्यु, आठ जना पक्राउ

दाङ । दाङमा गोली लागेर एक जनाको मृत्यु भएको छ । दाङको बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जङ्गलमा सिकार खेल्न गएका लमही नगरपालिका-१ बौराहका २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागी मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

उनको घाँटीमा गोली लागेको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले आठ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

 
 
  
 

You may also like