53
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको अर्थतन्त्र समस्या ग्रस्त मात्रै नभई संकटमा फस्न थालिसकेको बताएका छन् । प्रतिनिधिसभाको आज (शनिबार) को वैठकलाई सम्वोधन गर्दै थापाले अर्थतन्त्रमा जोखिम आइसकेको बताएका छन् ।
उनले अहिलेकै अवस्थामा मुलुकले धान्नै नसक्ने बताए । गएको १० महिनामा मात्रै १६ खर्बको रुपमा समान ल्याउने तर एक खर्बको मात्रै निर्यात गर्दा अर्थतन्त्रमा समस्या रहेको छ । पेट्रोलियम पदार्थको निर्भरता हटाउने प्राथमिकता हुनुपर्छ ।