बुटवलमा मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ

बुटवल । बुटवलमा मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सैनामैना नगरपालिका -६ का १८ बर्षिय निश्चल बुढाथोकी र कन्चन – २ का १८ बर्षिय अभिषेक थारुले रहेको इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख ठगबहादुर केसिले जानकारी दिए।

बुटवल उपमहानगरपालिका वडा नं.९ कालिकानगर राज्यलक्ष्मी पथमा पार्कीङमा राखेको लु ५६ प २९०७ मोटरसाईकल गत शुक्रबार हराएको थियो ।

दुबै जनालाई सवारी चोरी मुद्धामा थप अनुसन्धान भईरहेको उनले बताए ।

हराएको मोटरसाईकलको खोजीका क्रममा दुबैजनालाई मोटरसाईकल सहित सोमबार पक्राउ गरिएको प्रहरी प्रमुख केसीले बताए ।

 
 
  
 

You may also like