मेचिमहाकाली बृहत रक्तदान कार्यक्रमसंगै साईकलयात्री बुटवलमा

बुटवल।मेचिमहाकाली बृहत रक्तदान कार्यक्रमसंगै साईकलयात्राका सहभागीहरु बुटवलमा आईपुगेका छन। बुटवलका विभिन्न साईकल क्लबमा पदाधिकारी, सदस्यहरुले सो अभियानका सदस्यहरु सन्देश सुवेदी, अजित बराल र सन्तोष गिरिलाई स्वागत तथा सोमबार बुटवलमा बृहत रक्तदान कार्यक्रम गरिएको हो।

एक समारोहका बिच नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देही जिल्लाका अध्यक्ष कृष्ण चौहानले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए। रगत अभाव भैरहेको बेला यस्ता अभियान निक्कै महत्वपुर्ण हुने बताए। समाजका आजीवन सदस्य सन्देश सुवेदीले मेचिबाट शुरु भएर महाकालीसम्म पुग्ने र देशभरका मुख्य शहरहरुमा रक्तदान कार्यक्रम गर्ने गरि अभियान थालिएको बताए।

बैशाख २५ गतेबाट मेचि पुलबाट यात्रा सोमबार बुटवल आएका हुन। अभियानमा ३ जना साईकलयात्रुहरु सहभागी छन। अभियानको क्रममा काकडभित्ता, धरान, जनकपुर, हेटौडा, चितवनमा रक्तदान गरिएको उनले बताए। स्थानिय रक्तदाता संघसंस्थाहरुको सहयोगमा बुटवलमा पनि कार्यक्रम गरिएको उनले बताए।

बुधबार भैरहवामा समेत रक्तदान कार्यक्रम गर्ने उनले बताए।

 
 
  
 

You may also like