बुटवलको मेयरमा पाण्डेय, उपमेयरमा अर्यालको जित निश्चित

बुटवल ।बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज पाण्डेय तथा उपमेयरमा एमालेकी सावित्रा आर्यलको जित निश्चित भएको छ । बुटवल – ११ को ४५ सय मत गन्न बाँकी छँदा पाण्डेय र अर्यालको अग्रता सोभन्दा बढी भएको छ ।

पाण्डेय नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ८ हजार बढी मतले अगाडि रहेका छन् । बुटवलका १९ मध्ये १८ वडा र गणना भइरहेको बुटवल–११ को ५९ सय मत गणना हुँदासम्म खेलराजले २९ हजार ७६ मत पाएका छन् भने भट्टराईको मत २० हजार ८१९ रहेको छ । उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्यालको जित निश्चित भएको छ । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङभन्दा अर्याल ६ हजार बढी मतले अगाडि छिन् ।

 
 
  
 

You may also like