मैत्रीपुर्ण खेलमा पत्रकार महासंघको टोली बिजयी

by समतल अनलाइन

बुटवल । तिलोत्तमा प्रिमियर लिगको अबसरमा संचालित मैत्रीपुर्ण क्रिकेट खेलमा पत्रकार महासंघ रुपन्देहीको टोली बिजयी भएको छ । तिलोत्तमा क्रिकेट बिकास समितिको टोलीलाई ७ रनले पछाडी पार्दै पत्रकार महासंघको टोली बिजयी भएको हो ।
टस जितेर ब्याटिङ्ग गरेको महासंघको टोलिले निर्धारित १० ओभरको खेलमा ६९ रनको योगफल तयार पारेको थियो ।
महासंघको जितका लागि भुवन पाण्डेले सर्बाधिक २५ रनको योगदान गरे ।
जवाफमा ७० रनको बिजय लक्ष्यका साथ ब्याटिङ्ग गरेको क्रिकेट बिकास समितिको टोलि पुरै ओभर खेलेर ६२ रनमा समेटिएको थियो । क्रिकेट बिकास समितिको टोलीलाई सस्तैमा समेट्न महासंघका ईन्द्र खत्रीले ६ रन खर्चेर २ विकेट लिए भने प्रकास पाण्डेले १० रन खर्चेर २ विकेट लिएका थिए । त्यस्तै महासंघकै सचीन चौधरिले १२ रन खर्चेर १ विकेट लिए भने भुवन पाण्डेले १८ रन खर्चेर १ विकेट लिएका थिए ।

सो खेलमा टिमका लागि २५ रनको योगदान गर्दै बलिङ्ग तर्फ १ विकेट लिन सफल महासंघका भुवन पाण्डे म्यान अफ द म्याच भए भने २ ओभरमा ६ रन खर्चेर २ विकेट लिन सफल इन्द्र खत्रीले बेष्ट वलरको उपाधी जिते ।
क्रिकेट एसोसिएसन नेपालका केन्द्रिय सदस्य प्रशान्त बिक्रम मल्लले म्यान अफ द म्याच र बेष्ट बलरको पुरस्कार प्रदान गरे । बिजेता पत्रकार महासंघको टिमलाई तिलोत्तमा प्रिमियर लिगको समापनका अबसरमा कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिए ।

 
 
  
 

You may also like