रूपन्देहीको कन्चन गाउँपालिकामा नेपाली कांग्रेसले जित्याे

बुटवल ।रूपन्देहीको कन्चन गाउँपालिकामा नेपाली कांग्रेसले जित निकालेकाे छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका नवराज ढकाल र उपाध्यक्षमा मौसमी थापा मगर विजयी भएका छन् ।

आज सार्वजनिक अन्तिम मत परिणामअनुसार ढकाल १० हजार १४१ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्षमा मगरले १० हजार २८४ मत ल्याएर विजयी भइन् ।
अध्यक्षमा ढकालका निकटतम प्रतिद्वन्द्वी एमालेका दिनानाथ आचार्यले ९ हजार ११ मत ल्याए । उपाध्यक्षमा एमालेकै ओमकली राहादीले ८ हजार ८३९ मत ल्याएकी थिइन् । यहाँ १६ स्थानीय तह छन् ।

 
 
  
 

You may also like