बुटवल ४ को वडा अध्यक्षमा गठबन्धनबाट नरिश्वर शर्मासहित प्यानल विजयी

बुटवल । बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेस नेतृत्वका गठबन्धनको प्यानल नै विजयी भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसका नरिश्वर शर्मा वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उहाँले १ हजार ९२५ मत प्राप्त गर्दा प्रतिद्वन्दी एमाले उम्मेदवार टंकप्रसाद पराजुलीले एक हजार ४२ मत प्राप्त गरेका छन् । पराजुली यस अगाडी वडा अध्यक्ष थिए ।

वडा अध्यक्षमा निर्वाचित शर्मा बुटवल उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्ष समेत हुन् । वडा सदस्यहरुमा गठबन्धनका उम्मेदवारहरु अरुणकुमार श्रेष्ठ र गफुर मिया, महिला वडा सदस्यमा पुनम थापा र दलित महिला सदस्यमा प्रमिला नेपाली विजयी भए ।

 
 
  
 

You may also like