रामकुमारीको गृहनगरमा एमालेको विरासत तोडीयो,मदानेमा अध्यक्ष सहित ५ वडामा कांग्रेसको जित

बुटवल। गुल्मी जिल्लाको मदाने गाउपालिकामा नेपाली कांग्रेसले गाउपालिका अध्यक्षमा महेन्द्र बहादुर कुवर सहित ५ वटा वडामा विजयी आसिल गरेको छ ।
त्यस्तै पालिकामा उपाध्यक्षमा एमालेकी सरिता खडका सहित २ वटा वडा अध्यक्षमा जित हासिल गरेको छ । २०७४ सालको निर्वाचनमा वडा नम्बर ७ को वडा अध्यक्ष मात्र जितेको काग्रेसले यस पटकमदानमा भने राम्रो पकड बनाएको छ । काग्रेसका अध्यक्षमा विजेता हुनु भएका महेन्द्र बहादुर कुवरले १० मतको अन्तरले विजयी हासिल गर्नु भएको हो । कुवरले ४ हजार ७०७ र उहाका निकटतम प्रतिद्धन्द्धी एमालेका प्रेम केसीले ४ हजार ६९७ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा एमालेकी सरीता खडकाले ४ हजार ५६५ मतका साथ विजयी हुनु भएको छ । उहांको निकटतम प्रतिद्धन्द्धी माओवादीका बेगम चन्दले ४ हजार २११ मत्र प्राप्त गर्नु भएको छ ।

एमाले नेता गोकण विष्टको निर्वाचन क्षेत्र रहेको मदानेमा नेकपा समाजवादीकी सचिव राम कुमारी झाकीको गृहनगर भएकाले पनि त्यसको प्रभावले गर्दा यस पटक मदानेमा एमालेको पकड गुमेको अनुमान गरिएको छ ।

त्यस्तै गरी मदानेको वडा नम्बर १, ३,४,६ र ७ मा नेपाली कांग्रेसका क्रमश सुशिल चन्द ७३१ मत, चेत बहादुर सेन. ८७० मत प्रेम बहादुर सेन ५८९मत मनिराम थापा ९६२,र सन्तोष केसी ७६८ मतका साथ विजयी हुनु भएको निर्वाचन अधिकृत कुल बहादुर जिसीले बताउनु भयो ।

त्यस्तै बडा नम्बर २ मा माधव भुसाल ७८५ र ५ मा हिमाल खडका ५२० मत सहित एमालेवाट वडा अध्यक्षमा विजयी हुनु भएको निर्वाचन अधिकृत जिसीले बताउनु भयो ।

 
 
  
 

You may also like