ज्ञानोदय गोल्डस् र मणिग्राम किंगस् बने समुह बिजेता

by समतल अनलाइन

बुधबार सेमिफाइनल खेल हुने
बुटवल । रेन्बो ज्ञानोदय गोल्डस् र मणिग्राम किंगस् सर्बोत्तम तिलोत्तमा प्रिमियर लिगमा समुह बिजेता बन्दै उपाधीमाथी दावेदारी पेश गरेका छन ।
मंगलबार बिहान भएको लिग चरणको अन्तिम खेलमा लुम्बिनी शाक्यान्लाई ९ विकेटले पराजित गर्दै ज्ञानोदय गोल्डस् समुह ए बाट २ दशमलव २९ अंक्का साथ समुह बिजेता बनेको हो । समुह बि को बिजेता बनेको मणिग्राम किंगस्ले १ दशमलव २३ अंक जोडेको छ ।
मंगलबार सम्पन्न प्रतियोगितामा पहिले ब्याटिङ्ग गरेको लुम्बिनी शाक्यान्ले दिएको १ सय ९ रनको लक्ष ज्ञानोदयले १४ ओभर चल्दै गर्दा भेटेको थियो । ज्ञानोदयको जितका लागि सुनिल धमलाले नट आउट ५० रनको योगदान गरे भने सिद्धार्थ राज शाही नट आउट २९ र शंकर रानाले २३ रनको योगदान गरे ।
लुम्बिनीलाई सस्तैमा रोक्न ज्ञानोदयका प्रतिश जिसिले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कमल ओली र रोशन क्षेत्रीले समान २÷२ विकेट साथै सिदार्थ राज शाही र नविन भट्टराईले १ ÷ १ विकेट लिएका थिए ।
प्रतियोगितामा ज्ञानोदयका सुनिल धमला मष्ट भ्यालुएवल खेलाडी बने भने ज्ञानोदयकै प्रतिश जिसीले म्यान अफ द म्याचको उपाधी जिते ।

भोलिको पहिलो खेलमा समुह बि को उपबिजेता पाल्पाली लिजेन्टस्ले समुह ए को बिजेता रेन्वो ज्ञानोदय गोल्डस्को सामना गर्नेछ भने दास्रो खेलमा समुह ए को उपबिजेता बुटवल युनाइटेडले समुह बि को बिजेता मणिग्राम किंगस्को सामना गर्नेछ ।

 
 
  
 

You may also like