गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा

by समतल अनलाइन

काठमाडौँ । चर्चित गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाके गायक थापालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

गायक थापाले हालै रिलिज गरेको पछिल्लो ‘ह्यापी तिहार’ नामक गीतले लागुऔषध प्रयोगलाई प्रवर्धन गरेको उजुरीपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यलयमा उजुरी परेपछि सोहि आधारमा गायक थापालाई पक्राउ गरिएको बताइएको छ ।

हाल यो गीत यूट्यूबबाट भने हटाइसकिएको छ ।

 
 
  
 

You may also like