गुल्मी जिल्लामा ७ पालिकामा मतगणना जारी , ५ पालिकामा आज गणना हुने

गुल्मी। सम्पन्न स्थानिय तहको निर्वाचनको जिल्लाका विभिन्न पालिकामा मतगणना भईरहेको छ कतिपयमा मतगणनाको लागि सर्वदलिय बैठक बसिरहेको छ । तर धुर्कोट गाउँपालिकामा मतगणना कार्य अन्योल बनेको छ । हिजो गाउँपालिकाको वडा नं. ४ मा दुईपक्षिय झडपमा कांगे्रसका वडाध्यक्षका उम्मेदवार घाईते भएपछि सर्वदलिय बैठक समेत अझै नबसेको गाउँपालिकाकी निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिनुभयो ।

रेसुङ्गा नगरपालिकामा राति १० बजेबाट मतगणना सुरु भएको थियो । अहिले वडा नं. १,२,३ र ४ को मत परिणाममा कांगे्रसबाट मेयर पदको उम्मेदवार खिलध्वज पन्थीले १८ सय २९, एमोलका अध्यक्ष पदका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले १३ सय ६५मत ल्याउनभएको छ ।कांगे्रसबाट उपमेयर पदकी उम्मेदवार अमृता कुँवरले पनि १८ सय ३९ र एमालेबाट रिता पाण्डे बरालले १३ सय ६५ प्राप्त गर्न भएको छ ।रेसुङ्गा नगरपालिकाको वडा नं. २ र ३ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ । ३४ को मतगणना जारी छ ।
यस्तै इस्मा गाउँपालिकामा बिहान ७ बजेबाट सर्वदलिय बैठक बसेको छ त्यसपछि मतगणना सुरु हुने भएको छ । कालीगण्डकी गाउँपालिकामा गएराति २ः३० बजेदेखी मतगणना सुरु भएको छ । जहाँ वडा नं. १ को १ सय मत गणना हुदाँ एमाले ५२ र कांगे्रसले ४८ मत ल्याएका छन् ।
गुल्मीदरबार गाउँपालिकामा राति ४ः३० बजेबाट मतगणना सुरु भएको छ । यतिबेलासम्म वडा नं १ मा १ हजार १ सय मतको गणना हुदाँ एमालेका गाउँपालिका अध्यक्ष पदका उम्मेदवारले ५ सय ४५, उपाध्यक्षले ५सय ३१ र वडाअध्यक्षले ४ सय ९८ र कांगे्रसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवारले ५सय ४८, उपाध्यक्षले ५ सय ६० र वडाध्यक्षले ५सय ९० मत प्राप्त गर्नुभएको छ ।
चन्द्रकोट गाउँपालिकामा गएराति १ बजेतिरबाटवडा नं. १ को ३ सय ५० मतगणना भइरहँदा (कांगे्रस माओवादी) गठबन्धका उम्मेदवार अघि हुनुहुन्छ । गवबन्धनका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले क्रमशः २ सय ४५, १ सय ९५, २४५ र एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार, उपाध्यक्ष र वडाध्यक्षले क्रमश ः ७८, १ सय ४ र ८८ मत ल्याउुनभएको छ । रुरुक्षेत्र गाउँपालिकामा मतगणना हुन सकेको छैन् ।
छत्रकोट गाउँपालिकामा राति ११ः ५० बजेबाट मतगणनाको शुभारम्भ गरिएको थियो । अहिले वडा नं. १ र ६ को मतगणना चलिरहेको छ । मदाने गाउँपालिकामा राति १ बजेबाट सुरु भएको गणनामा ४ सय मत गणना भएको छ । मालिका गाउँपालिकामा बिहान ८ बजेद बैठक बसी मतगणना गरिनेछ ।
यस्तै मुसिकोट नगरपालिकामा गएराति २ः३० बजे सर्वदलिय बैठक बसी आज बिहान ८ बजेदेखी बाकीँ प्रक्रिया पुरा गरि मतगणना हुने भएको छ । सत्यवती गाउँपालिकामा राति १ बजेदेखी मतगणना सुरुहुदाँ अहिलेसम्म वडा नं. १ को ५ सय मत गणना गर्दा एमालेको अग्रता छ ।

 
 
  
 

You may also like