जंगलीरुपमा उत्रिए धुर्कोटमा माओवादी , वडा नम्बर ४ का अध्यक्षका प्रत्यासी थापामाथी आक्रमण

गुल्मी।हार्ने निस्चित भएपछी माओवादी कार्यकर्ताद्वारा धुर्कोट ४ जैशिथोकका अध्यक्षका उम्मेदवार गोपाल थापा हातपात गरिएको छ ।

गाउँपालिकाको केन्द्र बर्बोटमा मटपेटिका संकलन गरि गफ गरेर बसिरहेको अवस्थामा उनिहरुले आक्रमण गरेका हुन ।

रक्सिको बोटल , हेल्मेट , ढुंगा र फलामका रडले आक्रमण गर्दा वडा नम्बर ४ का वडा अध्यक्षका प्रत्यासी गोपाल थापालाई टाउकोमा गम्भीर चोट लागेको छ ।

त्यस्तै घाइते हुनेमा निरन्जन कुवँर, सन्जय लगायतका युवा गम्भिर घाइते भएका छन ।

माओवादीका नेता एबम पालिका अध्यक्षका प्रत्यासी भुपाल पोख्रेलको निर्देशनमा माओवादीका कार्यकर्ताले एक्कासी आएर आक्रमण गरेका थिए । घटनास्थलमा संगै भएका गणेश भण्डारीका अनुसार उनिहरुले मदिरा सेवन गरि आएर भुपाल पोख्रेलको आडमा मार्ने सम्मको धम्की दिदैँ टाउकोमा र शरिरमा गम्भीर चोट लागेको छ । आक्रमण गर्ने उग्र कार्यकर्ता भुपाल पोख्रेलका निकटम कार्यकर्ता हुन ।

दिउँसो मात्र गाउँपालिका अध्यक्षका प्रत्यासी महेन्द्र प्रसाद भण्डारीमाथी नयाँगाउँमा माओवादी कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए ।

घाइतेहरुलाई जिल्ला अस्पताल बाट काठमाडौ रिफर गरिएको छ । मतगणना अन्यौलमा परेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिनुभयो । कांग्रेसले माओवादी नेता भुपाल पोख्रेलले घटनाको जिम्मा नलिए सम्म गणना गर्न नदिने निर्णय गरेको छ ।

 
 
  
 

You may also like