नगरपालिकाको जागिर छाडेर चुनावी मैदानमा महेश अधिकारी

सैनामैना । रुपन्देहीको सैनामैना ८ का ३० वर्षिय युवा महेश अधिकारी नगरपालिकाको जागिर छाडेर चुनावी मैदानमा होमिएका छन । उनि अहिले वडा नं. ८ को घर घरमा पुगेर भोट माग्दै छन । अधिकारी वडा नं. ८ को वडा अध्यक्ष पदमा राष्ट्रिय प्रजातान्त्रीक पार्टीबाट उम्मेदवारी दिएर उनि हलो चिन्हमा मतदान गर्नको लागि घर घरमा पुग्ने गरेका छन । रामापुर माविमा ३ वर्ष शिक्षक रहेका उनि २ वर्षदेखि नगरपालिकाको कार्यालयमा कम्प्युटर अपरेटरको जागिरमा थिए ।

नगरपालिकाको जागिर छाडेर अधिकारीले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन । नमुना युथ क्लबको नेतृत्वमा रहेर सामाजिक काम गरेर चर्चा कमाएका अधिकारी वडामा मात्र होईन नगरमै युवादेखि ज्येष्ठ नागरिकसम्म लोकप्रिय छन । नगरमा लाग्ने मेलादेखि , बृक्षारोपण , सरसफाई, रक्तदान, खेलकुद लगायतका सामाजिक काममा उनि संक्रिय देखिन्थे । १५ वर्षदेखि सामाजिक काममा उनि संक्रिय रहेका छन ।
रामापुरमा बौद्धिक अपाङ्गता भएका मानिसहरुलाई पढ्नको लागि अधिकारी कै अगुवाईनमा बौद्धिक अपाङ्गता सेवा केन्द्रको भवन निर्माण गरीएको हो । अहिले पनि सेवा केन्द्रमा पठनपाठन हुँदै आएको छ ।
देउसी भैंलो खेलेर सेवा केन्द्रको भवन बनाएका हौं उनि भन्छन –“ बौद्धिक अपाङ्गता भएका मानिसलाई पढ्नको लागि यँहाका स्थानीय र युवा क्लबको सक्रियतामा देउसी भैंलो खेलेर जम्मा भएको पैसाबाट भवन निर्माण गरेका हांै ।” नगर खेलकुद समितिको सचिब भएर काम गरेका उनले नगरमा युवालाई खेलकुदमा समेट्नका लागि काम गरेको अनुभव छ ।
नेपाल रेडक्रस सोसाईटीमा रहेर रक्तदान कार्यक्रम र बाढी पिडितहरुलाई राहात बाढ्ने काममा उनि सधैं सक्रिय रहन्थे । उनले युवालाई स्वरोजगार बन्ने प्ररणा दिँदै निःशूल्क कम्प्युटर तथा ब्यवसायिक कृषि तालिम वडामा सञ्चालन गर्दै आएका थिए ।
मतदानको दिन नजिकिँदै गर्दा घर घरमा पुगेर भोट माग्न ब्यस्त भएका अधिकारीले जनता समक्ष भोट माग्ने मात्र नभएर जनताको गुनाशो पनि सुन्ने गरेको बताए । युवा हुँ , यँहाको स्थानीय पनि हुँ उनि भन्छन– “यँहाको समस्या बुझेको छु, र घरदैलो कार्यक्रममा जाँदा जनताको अपेक्षा कस्तो छ भनेर सुन्ने गरेको छु ।’ जनप्रतिनिधि आएको पाँच वर्ष हुँदा पनि जनताले नजिकको सरकार आएको महशुस गर्न पाएनन् , जनताको माग एकतातिर काम अर्काे तिर भएको छ ” अधिकारी सुनाउँछन । “सैनामैनाको वडा नंं ८ कृषिको प्रचुर सम्भावना रहेको वडा हो , यँहा सिचाईको अभाव छ ,खोलामा तटबन्धन नहुँदा खेती योग्य भूमि बगरमा परिणत भएको जनताको गुनाशो छ । सिचाईको अभाव हुँदा खेतीयोग्य भूमि पनि बाँझो रहेको छ , आकाशको भर पर्नुे पर्ने बाध्यता छ ।” युवा रोजगारी उद्यमशिलता तालिम महशुस गर्न नपाएको युवाको गुनाशो रहेको अधिकारीले सुनाए ।

सैनामैनाका स्थानीयसँग नजिक रहेर सामाजिक सेवामा संक्रिय छु ,युवा पनि हुँ, त्यसैले यसपालि वडा अध्यक्ष पदमा जनताले अत्याधिक मत दिएर बिजयी बनाउनुहुन्छ भन्नेमा ढुक्क छु अधिकारीले भने । निर्वाचित भएपछि जनता कै सेवामा समर्फित भएर सामाजिक काममा पनि संक्रिय रहने उनले सुनाए ।
वडा अध्यक्ष पदका उम्मेदवार अधिकारीले प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन । भ्रष्टाचार मुक्त स्थानीय तह निर्माण गर्ने प्रतिबद्धता जनाउँदै उनले दुई वर्ष भित्र घरबाटै कर तिर्ने ब्यवस्था गर्ने बताए । वडाका हरेक गतिविधिलाई पारदर्शी बनाउनको लागि वडामा डिजिटल डिस्प्ले, डिजिटल वडा पत्र र वडाका विभिन्न ठाउमा डिजिटल सुचना बोर्डको ब्यवस्था गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
यस्तै यस्तै कृषि तर्फ प्राथमिकता दिँदै एक घर एक करेशाबारी सञ्चालन गर्दै तरकारी उत्पादनमा वडा आत्मनिर्भर हुने लक्ष्य लिएको उनले बताए । आवश्यक ठाउँमा सिचाईको ब्यवस्था गरी ब्यवसायीक रुपमा तरकारी खेती वा पशुपालन गर्ने कृषकहरुलाई उत्पादनमा आधारित सहयोग गरिने छ । वडामा १–१ जना कृषि र पशु प्राविधिकको ब्यवस्था गरी वडा भरका कृषकहरुलाई निःशुल्क सेवा प्रदान गरिने अधिकारीले बताए ।
यस्तै शिक्षा तर्फ आर्थिक अवस्थाका कारण कोही पनि विद्यार्थी विद्यालय भन्दा बाहिर नरहने अभियान सञ्चालन गरिने बताईएको छ । सामुदायिक र संस्थागत विद्यालयमा प्राविधिकधारका छोटो अविधीका कक्षा सञ्चालन गर्दै शिक्षकहरुको क्षमता अभिबृद्धिको लागि तालिम सञ्चालन गरिने उनले बताए ।
आईसीटीको प्रयोगलाई कक्षा कोठामा जोड दिँदै विद्यालयमा लागु औषध दुब्र्येशन विरुद्ध नियमित रुपमा अभियान सञ्चालन गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । यस्तै स्वास्थ्य तर्फ वर्षेभरि महिलाको पाठेघरको क्यान्सरको निःशूल्क परिक्षण तथा निःशूल्क ब्यायामशालाको स्थापना गरिने उल्लेख गरिएको छ ।

 
 
  
 

You may also like