देवदह एमालेको प्रतिवद्धता शिक्षा र भूमि व्यवस्थापन पहिलो प्राथमकिता

बुटवल । नेकपा एमाले देवदहले यही वैशाख ३० गने हुने स्थानीय तह निर्वाचनको सन्दर्भमा प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । एमालेको तर्फबाट नगर प्रमुख उम्मेदवार धुर्व खरेलले नगरको शिक्षा र पूर्वाधार बिकास गरिने उल्लेख गरेका छन् ।

निर्वाचन प्रचार प्रसार कमिटी देवदहले सोमबार देवदहमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले नगरको शिक्षाको बिकासका लागि उपयुक्त ठाउँहरुमा रात्रिकालिन विद्यालय सञ्चालन, एक विद्यालय एक स्वास्थ्यकर्मी, एक हिक्षक एक ल्यापटप, विज्ञान प्रयोगशालाहरुको स्थापना, स्तरीय खेलमैदानको व्यवस्था लगायतका प्रतिवद्धता गरेका छन् । यसैगरी नगरको सुकुम्बासी समस्या समाधानका लागि पहल तथा भूमि व्यवस्थापानलाई प्राथमिकतामा राखिएको खरेलले बताए ।

नगरमा रहेका सुकुम्बासीहरु तथा अव्यवस्थित बसोबासीको तथ्याङ्क संकलन गरी प्रदेश तथा केन्द्र सरकारसँगको समन्वयमा जग्गाधनि पूर्जा वितरणलाई प्राथमिकतामा राखिएको छ । यसैगरी सार्वजनिक जग्गाहरुको संरक्षण, भू-उपयोग ऐनको योजना तर्जुमा लगायतका प्रतिवद्धताहरु सार्वजनिक गरिएको छ । नगरको जनताको आर्थिक स्तर सुधार गर्दै ५० प्रतिशत अनुदानमा विद्युतीय चुल्होको प्रयोगमा प्रोत्साहन गरी एलपी ग्यासको प्रयोग घटाउँदै लैजनाने, गोबर ग्यासको प्रयोगका लागि प्रवद्र्धनात्मक कार्यक्रम ल्याउने प्रतिवद्धतामा जनाइएको छ ।

एमालेका जितसँगै नगरका प्रत्येक नागरिकका घरमा स्वच्छ पिउने पानीको पुहँच, खेलूकदको बिकासका लागि विभिन्न ठाउँमा खेलमैदान तथा संरचनाहरुमो निर्माण, विभिन्न ठाउँमा पुल निर्माण तथा बस्ती जोड्ने भित्री सडकहरुको कालोपत्रेलाई प्रतिवद्धता पत्रमा प्राथमिकता दिइएको छ । यसैगरी स्वास्थ्य सेवाको क्षेत्रमा आवश्यक भौतिक संरचनाहरुको निर्माणका साथै सम्भाव्यता अध्ययन गरी विभिन्न ठाउँमा विशेषज्ञ सुविधासहितको अस्पताल निर्माणलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ । गौतमबुद्धको मावली स्थलको संरण तथा प्रचारप्रसार गरी पर्यटकीय हिसाबले बिकास गर्ने गरी निजी क्षेत्रहरुसँग समेत सहकार्य गर्ने, नगरका विभिन्न ठाउँमा भएका नदी कटानलाई रोकथामका कार्यक्रम, सिञ्चाईका पूर्वाधार बिकास गरी कृषि उत्पादनमा वृद्धि लगायतका प्रतिवद्धताहरु सार्वजनिक गरिएको छ ।

नगर उप प्रमुखकी उम्मेदवार विद्यालक्ष्मी गुरुङले नगरमा महिला तथा लैङ्गिक अधिकार मुद्दालाई थप बलियो बनाउने गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । सामाजिक न्याय र अधिकारलाई प्राथमिकतामा राख्दै महिला तथा युवा उद्यम कार्यक्रमहरु सञ्चालन गरिने उल्लेख गरिन् । घरेलु तथा साना उद्योगहरु सञ्चालनमा प्राथमिकता दिँदै विभिन्न खालका अनुदान कार्यक्रम सञ्चालन गरी नगरलाई बेरोजगारमुक्त बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य डा. कृष्ण न्यौपानेले देवदहको बिकासका लागि नेकपा एमालेलाई विजय गराउन मतदाताहरुसँग आग्रह गरे । गौतमबुद्धको मावली स्थल देवदको पर्यटकीय सम्भावनाहरुको सदुपयोग गर्दै देवदहलाई उत्कृष्ट र नमूना नगरपालिका बनाउनका लागि एमालेको जित आवश्यक रहेको उल्लेख गरे ।

 
 
  
 

You may also like