स्वतन्त्र र स्वच्छ निर्वाचनका लागी सचेतनामुलक रयाली

बुटवल।स्थानिय निर्वाचन २०७९ लाई स्वच्छ र शान्तिपुर्ण बनाउन दबाब दिने उद्येश्यका साथ रुपन्देहीमा मानव अधिकारवादी पाच संघसंस्थाहरुले दबाबमुलक रयालि निकालेका छन । नेपाल पत्रकार महासंघ रुपन्देही, मानव अधिकार तथा शान्ति समाज रुपन्देही, चादनी नेपाल रुपन्देही, सामाजिक परिवर्तन केन्द्र र सेतो गुरास रुपन्देहीको संयुक्त आयोजनामा विहिबार बुटवलमा सचेतनामुलक रयाली निकालेको हो । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलबाट शुरु भएको रयाली अमरपथ हुदै पुनः केन्द्रमा आएर कोणसभामा बदलिएको थियो ।
सभामा बोल्दै समाजका केन्द्रिय अध्यक्ष गोबिन्द खनालले सबै नागरिक स्वतन्त्र र स्वच्छ निर्वाचनमा भाग लिन पाउनुपर्ने बताए । निर्वाचन नजिकिदै जादा निर्वाचन आचारसंहिता बिपरितका गतिविधि भैरहेको भन्दै यसलाई राजनीतिक दलका नेताहरुले रोक्नुपर्ने उनले सुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी पाण्डे निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्नेमा जोड दिए । आचारसंहिताको पालना भएमात्र लोकतन्त्रको पालना भएको मानिने उनको दाबी छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाखेरेल, एम्स कलेजका प्राचार्य दिपक ढकालले छोटोसमयका कारण सबै मतदातालाई सुसुचित गर्न कठिनाई भएको बताए ।

 
 
  
 

You may also like