सैनामैनामा गठबन्धनद्वारा १५ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक

वडामा पक्की सडक बनाउनेदेखि सैनामैनालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने सैनामैना।सैनामैना गठबन्धनका उम्मेदवारहरुले १५ बुँदे प्रतिवद्धता पत्र विहिवार सार्वजनिक गरेका छन ।
गठबन्धनबाट नगर प्रमुखमा नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका मानवहादुर महत (नारायण) चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।
१५ बुँदे प्रतिवद्धतापत्रमा प्रत्येक वडामा पक्की सडक बनाउनेदेखि पेट्रोलियम पदार्थको खपत कम गर्न सैनामैनामा विद्युतीय नगर बस सञ्चालन गर्ने रहेका छन ।
प्रतिवद्धतापत्रमा सैनामैनालाई सडक सञ्जालले जोडनेदेखि शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुकुम्वासी तथा अव्यवस्थित समस्या समाधान गर्ने, धार्मिक पर्यटनको विकास, सैनामैनालाई उज्यालो नगर बनाउने, एक टोल १० सोलार बत्ती अभियान सञ्चालन गर्ने योजना रहेका छन ।
मुर्गिया लुम्विनी, रामापुर लुम्विनी, बाँसगढी लुम्विनी, सालझण्डी दानापुर लुम्विनी जोडने सडक मर्मत तथा स्तरोन्नती गरि सैनामैनालाई पर्यटकीय हबका रुपमा विकास गर्ने योजना प्रतिवद्धता पत्रमा गरिएको छ ।
त्यसैगरी सालझण्डी ढोरपाटन जाने सडक कालोपत्र गर्ने, सैनामैनाका राजमार्ग किनारमा डिजिटल यात्रु प्रतिक्षालय बनाउने, सैनामैनामा एउटा बसपार्क बनाउने, सैनामैनाका नदीमा तटबन्ध गर्ने, दुई बर्षभित्र सैनामैना नगरभित्रका गाउँब्लक, पाँच नम्बरी र आठ नम्बरी जग्गाको लालपुर्जा वितरण गर्ने, लालपुर्जा वितरण गर्दा दलित र अति विपन्न परिवारलाई निशुल्क वितरण गरिने प्रतिवद्धता गरिएको छ ।
पर्रोहा बोलबम धामको गुरुयोजना अनुसार मन्दिरलाई थप व्यवस्थित गर्ने, सैनामैना २ मा रहेको हिलपार्कलाई लुम्विनी कोरिडोरसंग जोडने, सैनामैनामा रहेका अरु मन्दिर, चर्च र गुम्वाहरुको संरक्षण गर्नुका साथै आकर्षक बनाउने, जेष्ठ नागरिकलाई धार्मिक यात्राको व्यवस्था गर्ने, सैनामैनामा रहेका विभिन्न संग्रहालयको संरक्षण गर्ने, सैनामैनाका प्रत्येक टोललाई उज्यालो टोल बनाउने प्रतिवद्धता रहेको छ ।
त्यसैगरी सैनामैनामा खेल क्षेत्रको विकास गर्न खेलकुद सप्ताह गर्ने, खेलकुदका सामाग्री वितरण गर्ने, प्रैत्यक टोलमा एक ब्याडमिन्टन कोट निर्माण गर्ने, ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने, सैनामैनामा कम्तीमा दुईवटा उच्चस्तरीय एम्बुलेन्स संचालन गर्ने, प्रत्येक वडामा प्रसुती सेवा सहितको अस्पताल बनाउने, सैनामैना ४ मा ५० शैयाको अस्पताल बनाउने र सुत्केरीलाई मासिक ५ हजार पोषण भत्ता उपलव्ध गराउने प्रतिवद्धता गरिएको छ ।
सैनामैनाका मुख्य बजार क्षेत्रमा सार्वजनिक धारा र शौचालयको व्यवस्था गर्ने, खानेपानीको धारा घरघरमा पु¥याउने, महिलामाथि हुने सवै प्रकारका हिंसा, शोषण र अन्याय र विभेदको अन्त्य गर्ने, सैनामैनामा प्रत्येक बर्ष तीन हजार रोजगारी सिर्जना गर्ने, सैनामैनामा औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्ने, स्थानीय तहमा प्रगतिशील कर लागू गर्ने र सालझण्डीलाई नेपालकै उत्कृष्ट व्यापारिक केन्द्रको रुपमा विकास गर्ने रहेको छ ।
सैनामैना २ को थारु होमस्टेमा आयोजना गरिएको कार्यक्रममा गठबन्धनले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
त्यस अवसरमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले एमालेले देखाएका सपना सपनामै सिमित रहेको बताउनु भयो ।
उहाँले अहिले पनि एमालेले तिनै सपना देखाएर मत माग्दै हिँडेको बताउँदै उसका झुट्टा कुरामा विश्वास नगर्न आम मतदातालाई आग्रह गर्नुभयो ।
नेता भण्डारीले एमालेले अघिल्लो निर्वाचनमा रेल ल्याउने, घरघरमा ग्यासको पाईपलाईन लगायतका कैयौं सपना बाँडेपनि चुनाव जितेपछि आफू र आफ्नालाई पोस्ने मात्रै काम गरेको आरोप लगाउँदै जनतालाई देखाएका सपना सपनामै सिमित भएको बताउनु भएको हो ।
त्यस अवसरमा बोल्दै सैनामैना नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार फणिन्द्र शर्माले आफूले जितेमा सैनामैनालाई नमुना शहरको रुपमा बिकास गर्ने र चुनावमा गरेका बाँचा ५ वर्ष भित्र पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सैनामैनामा लैंगिक विभेद हुन नदिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै उपमेयरका उम्मेदवार नारायण महत्तले देशको आवश्यकताको आधारमा ५ दलीय गठबन्धन गरिएको बताउँदै गठबन्धनको पक्षमा माहोल बनाउन र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

 
 
  
 

You may also like