तिलोत्तमा-१२ लाई नमुना वडाको रुपमा बिकास गर्छु – छबिलाल खरेल

बुटवल। तिलोत्तमा १२ को वडा अध्यक्षमा प्राध्यापक छबिलाल खरेलले उम्मेदवारी दिएका छन् ।राममणि बहुमुखि क्याम्पसका प्राध्यापक रहेका खरेलले नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
खरेल पार्टीको तर्फबाट सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार बनेका हुन् । शिक्षित, बौद्धिक र उर्जाशील युवा नेता खरेलले उम्मेदवारी दिएपछि वडाबासी समेत थप उत्साही भएका छन् ।प्राध्यापन पेशामा संलग्न रहेका खरेलले एकाएक वडा अध्यक्षमा उम्मेदवारी दिएपछि गांउगांउ र टोलटोलमा उनको चर्चा र परिचर्चा शुरु भएको छ ।

वडाको समग्र बिकासका लागि आफ्नो उम्मेदवारी रहेको खरेलले बताएका छन् । “सक्षम, सबल, शिक्षित र युवा नेतृत्व चुनौं, वडा नं. १२ लाई नमुना वडा बनाउन जुटौं” भन्ने नाराका साथ नमुना वडाको रुपमा बिकास गर्ने योजना सहित आफू चुनावी मैदानमा होमिएको खरेलले बताए ।

“अन्य वडाको तुलनामा हाम्रो वडा पछाडी परेको छ ।, वडामा तमाम समस्याहरु देखा परेका छन् ।, ‘ती समस्याहरुको समाधान र सम्बोधन गर्न मेरो उम्मेदवारी हो ।’ ‘वडालाई आर्थिक, सामाजिक तथा भौतिक रुपमा सक्षम र सबल बनाउने ठोस योजना र परिकल्पनाका साथ मैले वडा अध्यक्षमा उम्मेदवारी दिएको हो’– खरेलले भने ।”

खरेलले आगामी ५ बर्षमा आफूले गर्ने काम र योजना सहितको प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन् । स्थानीय बासिन्दाको चाहना र भावना बमोजिम वडा अध्यक्षमा उम्मेदवारी दिएको बताउंदै उनले वडाको बिकास र वडाबासीको सेवाका लागि आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिए । नेपाल बिद्यार्थी संघबाटै राजनीतिक यात्रा शुरु गरेका खरेल नेपाल तरुण दल क्षेत्र नं. १ रुपन्देहीका पूर्व क्षेत्रीय सदस्य तथा पूर्व क्षेत्रीय प्रनिनिधी समेत हुन् ।

खरेलले आफू निर्वाचित भए अब्यबस्थीत सुकुम्बासी बस्तीलाई ब्यबस्थीत गर्ने र जग्गाधनी प्रमाणपत्र बितरणका लागि पहल गर्ने, वडालाई सुन्दर र हराभरा बनाउने, खेल मैदान तथा उद्यानको ब्यबस्था गर्ने, वडा अन्र्तगत रहेका सडकको कालोपत्रे गर्ने तथा कृषि सडकहरुको स्तरोन्नती गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै वडामा रहेका विद्यालयको शैक्षिक गुणस्तर बृद्धि र स्तरोन्नतीका लागि पहल गर्ने, कृषिको बजारीकरण, बिद्युत्को ब्यबस्था र सिञ्चाईको प्रबन्ध मिलाउने, धार्मिक पुरातात्विक र ऐतिहासिक सम्पदाहरुको संरक्षण गरि पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्ने र वडा अन्र्तगत रहेका स्वास्थ्य चौकीको स्तरोन्नती गर्ने आफ्नो योजना रहेको बताए । वडाको समग्र बिकास गर्ने योजनाका साथ आफू चुनावी मैदानमा होमिएको बताउंदै खरेलले काँग्रेसको पक्षमा मतदान गरि आफूलाई बिजयी गराउन वडाबासी समक्ष आग्रह समेत गरेका छन् ।

विभिन्न संघ संस्थामा आबद्ध रहि सामाजिक गतिविधिमा सकृय रहदै आएका उनी नेपाल अण्डा उत्पादक संघ लुम्बिनी प्रदेशको महासचिव तथा वडा कृषि सञ्जालका अध्यक्ष समेत हुन् । त्रिभुवन बिश्व बिद्यालयबाट भौतिक शास्त्रमा स्नातकोत्तर गरेका खरेल राममणि बहुमुखि क्याम्पसका भौतिक शास्त्रको सहायक प्राध्यापक र बिज्ञान संकायको संयोजकका रुपमा कार्यरत छन् । कृषि उद्यमी समेत रहेका उनी राममणि बहुमुखि क्याम्पस प्राध्यापक संघका सदस्य समेत हुन् ।

अध्यक्षका उम्मेदवार खरेलसँगै उक्त वडामा नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा अयोद्धा थारु र प्रेम बहादुर श्रीस, महिला सदस्यमा चित्रा गाहा र दलित महिला सदस्यमा रिता कुमारी सार्की उम्मेदवार बनेका छन् ।

 
 
  
 

You may also like