श्रमिकका समस्या समाधानका लागि कांग्रेस प्रतिबद्ध

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले श्रमिकहरुको समस्या सामाधान गर्ने योजनाबद्ध तरिकाले जाने बताउनु भएको छ ।
सत्ता बाहिर हुँदा श्रमिकका पक्षमा बोल्ने नेताहरुले सत्तामा पुगेर श्रमिकको पक्षमा काम नगर्ने गरेको उहाँले बताउँदै काँग्रेसले श्रमिकको हक हितको पक्षमा काम गर्ने बताउनु भयो ।
११३ औं अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले श्रमिकको पक्षमा नेपाली काँग्रेस रहेको बताउनु भयो । अबको स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउँदै मजदुरको पक्षमा स्थानीय सरकारले काम गर्ने बताउनु भयो । स्थानीय तहमा काँग्रेस बिजयी भए सुकुम्बासी समस्याको सामाधान गरिने बताउनु भयो ।
नेपाली काँग्रेस बुटवल नगर सभापति तथा मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले श्रमिकको पक्षमा नेपाली काँग्रेस रहेकाले श्रमिकका समस्याको योजनाबद्ध समाधन गर्ने बताउनु भएको छ । कांग्रेसले बोलेको काम गर्ने गरेको उहाले बताउँदै बुटवलमा अहिले देखिएका समस्या काँग्रेसले जिते पछि समाधान गरेर देखाउने उँहाले बताउनु भयो ।
यसैबीच नेपाली कांग्रेसका बुटवल उपमहानगरका प्रमुखका उम्मेदवार खेलराज पाण्डेले बुटवलका विभिन्न क्षेत्रमा मतदातासँग भेटघाट गरी आफ्ना योजनाहरु सुनाउनुभएको छ ।
उहाँले मतदाताहरुलाई नेपाली कांग्रेसलाई स्थानीय चुनाबमा जिताउन आह्वान गर्दै रुख चिन्हमा मतदान गर्न अनुरोध गर्नुभयो । मतदाता भेटघाटका क्रममा बुटवलका विभिन्न ठाउँमा सयौं जना नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

 
 
  
 

You may also like