भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ सूची पठाएको छ । आज (आइतबार) मा आएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको छ ।

यस्तै डिजेको मूल्य प्रतिलिटर १० रुपैयाँ ०८ पैसाले बढेर १८३ रुपैयाँ १३ पैसा पुगेको नेपाल आयल निगमले जानकारी दिएको छ । विगतमा डिजेटल भन्दा पेट्रोलको खरिद लागत बढी हुने गरेकोमा अब डिजलको लागत बढी भएको छ । यस्तै, मट्टीतेलको खरिद लागत बढेर १३६ रुपैयाँ ३३ पैसाबाट १४० रुपैयाँ १९ पैसा पुगेको छ ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३९ रुपैयाँ २४ पैसाबाट बढेर १४३ रुपैयाँ ३६ पैसा र बाह्यतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ११९ रुपैयाँ ६४ पैसाबाट बढेर १२३ रुपैयाँ ७८ पैसा पुगेको छ ।

यस्तै खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर ९८ रुपैयाँ ७३ पैसाले बढेर आएको नेपाल आयले निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार वर्तमान बिक्री मूल्यमा निगमलाई पट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर एक हजार ५० रुपैयाँ १८ पैसा घाटा रहेको निगमले जनाएको छ ।

यता हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ ८१ पैसा नाफा रहेको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार वर्तमान मूल्य र बिक्री परिमाणको आधारमा निगमको १५ दिनको घाटा एक अर्ब १९ करोड हुने जनाएको छ । मूल्य स्थिरीकरण कोषमा रहेको रकम विगतको घाटा पूर्ति गर्दा सकिसकेको र मे महिनामा निमगलाई भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्न १० अर्ब भन्दा बढी रकम अपुग हुने निगमले जनाएको छ ।

 
 
  
 

You may also like