तिलोत्तमाप्रिमियर लिग ः सेमिफाईनलपुग्ने सबै टिमको टुंगो लाग्यो, मणिग्राम बन्यो समुह बिजेता

by समतल अनलाइन

मंगलबार आयोजक र पत्रकार बिच मैत्रुपर्ण खेल हुने

बुटवल । प्रदेश स्तरको सबैभन्दाठुलो पुरस्कार राशी रहेको सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगमा सेमिफाइनल खेल्ने सबै टिमको टुगो लागेको छ ।
सोमबार सम्पन्न पहिलो खेलमा रुपन्दही पल्टनस्लाई १० विकेटले पछाडी पार्दै बुटवल युनाइटेड बिजयी भएपछि सेमिफाईनल खेल्ने सबै टिमको टुंगो लागेको हो ।


प्रदेश ५ का १० टिम सहभागि प्रतियोगितामा समुह ए बाट बुटवल युनाइटेड संगै ज्ञानोदय गोल्डस् सेमिफाईनलमा प्रबेश गरेको छ भने समुह बि बाट मणिग्राम किंगस् र पाल्पाली लिजेन्टस् सेमिफाइनल प्रबेश गरेका हुन ।
प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा रुपन्देहीपल्टन्स्ले लज्जा स्पदहार ब्यहोरेको छ । पल्टनस्लाई बुटवल युनाइटेडले १० विकेटले पराजीत गरेको हो ।
टस जितेर ब्याटिङ्ग गरेको रुपन्देही पल्टनस्लाई १२ दशमलव ३ ओभरमा १९ रनमै रोकेपछि बुटवल युनाइटेड सहज रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।
बुटवल युनाईटेडले बिजयका लागि पाएको २० रनको लक्ष्य २ ओभरमै पुरा गरेको थियो । बुटवल युनाइटेडका लागि कुसल मल्लले १० र मृनल गुरुङ्गले ११ रनको योगदान गरे ।
रुपन्देही पल्टन्स्लाई झिनो रनमा रोक्न बुटवल युनाइटेडक ाअमित तामाङ एक्लैले ५ विकेट लिए । अमितले ४ ओभरमा एक मेडन ओभर खेल्दै १० रन खर्चेर ५ विकेट लिएका हुन । त्यस्तै राहुल प्रजापतिले २ साथै भिम सार्की, सागर ढकाल र सुसन भारीले समान १ ÷ १ विकेट लिए ।


ब्याटिङ्ग तर्फ रुपन्देही पल्टनस्का बिराट भण्डारी, दिनेश मगर, दिलिप कुर्मी, रोविन क्षेत्री, सौरव भुर्तेलले खाता नै खोल्न सकेनन् ।
प्रतियोगितामा बुटवल युनाइटेडका अमित तामाङ म्यानअफ द म्याचबने भने राहुल प्रजापती मष्टभ्यालुएवल खेलाडीबन्न सफलभए ।

मणिग्राम किंगस् समुह बिजेता

सियारी राईनोज्लाई २० रनले पराजित गर्दै मणिग्राम किंगस् तिलोत्तमा प्रिमियर लिगको समुह बिजेता बनेको छ । लिगका आफ्ना सबै ४ खेल जीत निकाल्दै समुह बिजेता बनेको हो । सो समुहबाट पाल्पाली लिजेन्टस् समुह उपबिजेता बनेको छ ।समुह ए को बिजेता र उप बिजेताके टुंगो भने भोलीको खेल बाट लाग्ने छ ।
आजको दोस्रो खेलमापहिला ब्याटिङ्ग गरेको मणिग्रामले पुरै ओभर खेलेर ७ विकेटको क्ष्यतिमा १ सय३६ रनको योगफल तयार पारेको थियो । टिमको जितका लागि मणिग्रामका प्रज्वलथापाले सर्बाधिक ४४ रनको योगदान गरे ।
जवाफीब्याटिङ्ग गरेको सियारी राइनोज् १९ दशमलव २ ओभरमा १ सय रनमा समेटिएको थियो । सियारीकामनिषथापाले सर्बाधिक ६१ रनको योगदान गरेपनिजितकालागिप्रयाप्तभएन ।


सियारीलाई सस्तैमा समेट्न मणिग्रामकाअजय साहानीले ३ दशमलव २ ओभरमा १३ रन खर्चेर ३ विकेट लिएकाथिए । त्यस्तै दुर्गेस ढुंगानाले २ साथै कृष्णकार्की, अनिल खरेल र सुनिलभण्डारीले समान १ ÷ १ विकेट लिए ।
प्रतियोगितामामणिग्रामकिंगस्कादुर्गेस गुप्तामष्टभ्यालुएवलप्लेयर बने भने मणिग्रामकैप्रज्वलथापाम्यानअफ द म्याचभए । प्रतियोगिताअन्तर्गत भोलिको खेलमा रेन्बो ज्ञानोदयगोल्ड्स् र लुम्बिनीशाक्यान् ग्ल्याडिएटर्सकाबिचहुनेछ ।
मंगलबार पत्रकार र आयोजकबिच मैत्रिपुर्ण खेल रुपन्देहीको तिलोत्तमानगरपालिकामाजारि तिलोत्तमाप्रिमियर लिगको ११ औँ दिनमंगलबार आयोजक र रुपन्देहीकापत्रकारहरुबिच मैत्रिपुर्ण क्रिकेट प्रतियोगिताहुने भएको छ ।

प्रतियोगितामाआयोजकतिलोत्तमाक्रिकेट बिकास समितिकापदाधिकारी र पत्रकारहरुबिच १० ओभरको खेल चल्नेछ । दिउसो २ बजे हुने खेलमादुबै टिमबाटकम्तिमा २ जनामहिला खेलाडी सहभागीहुने खेल संयोजकदिपकभुर्तेलले जानकारी दिए ।

 
 
  
 

You may also like