तिलोत्तमामा गठबन्धनको संयुक्त प्रचार कार्यालय उद्घाटन

तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस(नेकपा माओवादी केन्द्रको संयुक्त चुनाव प्रचार कार्यालय उद्घाटन गरिएको छ।

शुक्रवार एक कार्यक्रमका बिच गठबन्धनका मेयरका उम्मेदवार रामकृष्ण खाण र उपप्रमुख पदका उम्मेदवार हेमन्त पाण्डेले संयुक्त रुपमा प्रचार प्रसार कार्यालय उद्घाटन गरेका हुन।

कार्यक्रममा बोल्दै तिलोत्तमाको मेयर पदका उम्मेद्वार नेपाली कांग्रेसका युवा ल नेता रामकृष्ण खाँणले गठबन्धनका उम्मेद्वारलाई भारी मतले जिताउन आग्रह गरेका थिए। उनले आफुले आजमात्रै सार्वजनिक गरेका घोषणापत्रका सबै कामहरु अक्षरस पालना गर्ने दाबी गर्ने बताए। उनले एकिकृत सम्पत्ती कर घटाउने,नगरका १७ वटै वडामा स्तरिय सामुदायिक बिद्यालय चलाउने प्रतिबद्धता ब्यक्त गरे।

कार्यक्रममा बोल्दै उपमेयरका उम्मेद्वार माओवादी केन्द्रका नेता हेमलाल पाण्डेले नेकपा एमालेको हालको नेतृत्वले विभिन्न परियोजना संचालन गर्दा भ्रष्टाचार गर्ने गरेको तर्क गरे । नगरप्रमुखले तलबभत्ता नलिने तर नीतिगत भ्रष्टाचार गर्ने गरेको आरोप उनले लगाए ।
सो अबसरमा एमाले लगायत विभिन्न पार्टी परित्याग गरि १९५ जना काङ्ग्रेस प्रबेस गरेका छन् ।

 
 
  
 

You may also like