गरीव र असाहयका सारथी मेयरका उम्मेद्वार

भैरहवा। गरीव होस् या धनी । सानो होस् वा ठुलो । सडक देखी सदनसम्म एउटै ब्यबहार र सामाजीक तथा राजनीतीक यात्रामा स्वच्छ छवी बनाउनुु भएका सविधानसभा सदस्य ईस्तियाक अहमद खानँले भैरहवा स्थित शिद्धार्थनगर नगरपालीकामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख (मेयर) पदमा उम्मेदवारी दिएपछि काँग्रेस कार्यकर्तामा मात्र नभई आम स्वतन्त्र नागरीकहरुमा समेत उत्साह छाएको छ ।

रुपन्देहीको सिद्धार्थनगर पालीका बडा नं १ बेलहीयामा जन्मनुुभएका खानले बिएसी अध्यन गर्नुु भएको छ । अध्यनसगै कृर्षी र ब्यापार गर्दै आउनुु भएका उहाँ २०७० सालमा सविधान सभा सदस्य समेत हुुनुु भएको थियो । ‘सविधान सभा मार्फत जनताको सविधान निर्णय गरीयो । जनतालाई अधिकार सम्पन्न बनायौं । आफ्नो मेयर पदमा उम्मेदवारीबारे उहाँले भन्नुु भयो –अधिकार सगैं जनतालाई आर्थीक र नगरलाई बिकास सम्पन्न गराउन मेयर पदमा उम्मेदवारी दिएको हुुँ ।’

पद र पैशा होईन, जनताको सेवा गर्ने चाहाना आफ्नो रहेको उहाँले बताउनुुभयो । त्यसो त उहाँ सरकारी पदमा नहुुदा पनि सामाजीक काममा निरन्तर लागीरहनुु भएको छ । कोरोनाका बेला जोखीमको प्रभाव नगरी घर–घरमा पुुगेर गरीव र असाहयलाई आफ्नै तर्फबाट राहत बितरण होस् । या अन्य बेला बिद्यालय, मोठमन्दिर निमार्णमा उहाँले आर्थीक सहयोग देखी जग्गा दान समेत गर्नुुभएको छ । रुपन्देहीमा मात्र दर्जन बढी सघंसंस्थालाई भवन निमार्णकोलागी र भुमीहिनलाई जग्गा दान गरेको उहाँले बताउनुुभयो । उहाँले सविधान सभा सदस्य हुँदा समेत आफ्नो पारीश्रमीक सेवामै खर्च गर्नुु भएको थियो ।

उहाँको सोच सवै नागरीक सम्पन्न होउन । गौरव गर्न लायक नगर बनोस भन्नेनै छ, उहाँलाई लामो समयदेखी नजीकबाट नियाली रहनुुभएका कन्दुु बैस्य सेवा समीतीका अध्यक्ष श्रीराम गुुप्ताले भन्नुुभयो–‘एक हातले दिएको दान अर्को हातले थाहा नपाहोस भन्ने उहाँको मान्यता छ । त्यसैले कहीले पनि प्रचारमा आउन चाहानुुभएन ।’ गाउँ टोलमा गरीबको बिबाह, ब्रतबन्ध लगायतका काममा समेत उहाँले सहयोग गर्ने गरेको गुप्ताले बताउनुुभयो ।

हालै मात्र प्रसिद्ध प्रवल जनसेवा श्री बाट बिभुसित खान सिद्धार्थ उद्योग बाणीज्य सघंको उपाध्यक्ष तथा रोटरी क्लव, लायन्स क्लव तथा नेपाल भारत मैत्री समाज तथा सघंमा समेत रहेर सामाजीक काम गर्नुु भएको छ ।

 
 
  
 

You may also like