३५ हजार पदका लागि एक लाख ५२ हजार बढी उम्मेदवार, कुन दलबाट कति ? (सूचीसहित)

काठमाडौं । यहि बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभर एक लाख ५२ हजार ४५५ जनाले उम्मेदवारी दिएका छन् । देशभरका पालिकाका ३५ हजार २२१ पदका लागि यही वैशाख ३० गते हुने निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझ ५ बजेसम्म प्रविष्ट विवरणअनुसार पालिका प्रमुखमा ३,४९४ जनाले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा २,० ५६ उम्मेदवार छन् । यस्तै अध्यक्षमा ३,३८७ तथा उपाध्यक्षमा २ हजार एक जनाले उम्मेदवारी दिएका छन् ।

आयोगका अनुसार वडाध्यक्षमा ३५ हजार २५६ र सदस्य पदमा ५५ हजार ४७१ जनाले उम्मेदवारी दिएका छन् । अन्तिम सूची भने आज (बिहीबार) प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

दलहरुले प्रमुख पदमा महिला उम्मेदवार कम उठाएका छन् । उपमेयर र उपाध्यक्षमा भने पुरुषभन्दा बढी महिला उम्मेदवार छन् । एमालेले मेयरमा २९१ जनालाई उम्मेदवार बनाउँदा महिला २७ मात्रै छन् । यस्तै एमालेबाट २६० महिला र २६ पुरुष गरी २८६ जना उपमेयरका उम्मेदवार बनेका छन् । कांग्रेसले १२ महिला र २५३ पुरुष गरी २६५ मेयर तथा १८० महिला र ३१ पुरुष गरी २११ जना उपमेयरको उम्मेदवार उठाएको छ ।

अध्यक्षमा एमालेको तर्फबाट २८ महिला र ४१८ पुरुष गरी ४४६ जना उम्मेदवार छन् । उपाध्यक्षमा ४१० महिला र ३५ पुरुष गरी ४४५ जना छन् । कांग्रेसले अध्यक्षमा १९ महिला र ३६३ पुरुष गरी ३८२ तथा उपाध्यक्षमा २९२ महिला र ६७ पुरुष गरी ३५९ जना उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रबाट १८ महिला र १५६ पुरुष गरी मेयरमा १७४ जना तथा १३० महिला र ८४ पुरुष गरी उपमेयरमा २१४ जना उम्मेदवार छन् । यस्तै अध्यक्षमा २९ महिला र २६१ पुरुष गरी २९० जना तथा उपाध्यक्षमा २०३ महिला र ११२ पुरुष गरी ३१५ जना माओवादीका उम्मेदवार छन् ।

एकीकृत समाजवादीबाट मेयरमा २३ महिला र १२७ पुरुष गरी १५० जना तथा उपमेयरमा १०६ महिला र ७१ पुरुष गरी १७७ जना उम्मेदवार छन् । एकीकृत समाजवादीले १२ महिला र १७५ पुरुष गरी १८७ जना अध्यक्षमा तथा ११२ महिला र ६८ पुरुष गरी १८० जना उपाध्यक्षमा उम्मेदवार उठाएको छ ।
हालसम्मको अपडेट सूची   

 
 
  
 

You may also like