अनेरास्ववियु तिलोत्तमा नगर कमितिद्वारा स्थानिय तह लक्षित अभियान .

बुटवल । अनेरास्ववियु तिलोत्तमा नगरपालिका कमिटीले स्थानीय निर्वाचन २०७९ मा युवा विधार्थिहरु जसको पहिलो पटक मतदान गर्दै छन ।

उनिहरुलाई लक्षित गरि “मेरो पहिलो भोट सुर्यमा ” भन्ने अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।

अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य रवि सेन्चुरीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले तिलोत्तमाको १७ वटै वडामा नयाँ थपिएका मतदाताहरुमा पुग्ने र उनिहरुलाई तिलोत्तमा नगरमा नेकपा एमालेले गरेका जनपक्षीय कामहरु बारे बताउदै मतदाता शिक्षा सहित अघि बढ्ने अनेरास्ववियु तिलोत्तमाका नगर अध्यक्ष सरोज खनालले बताए ।

त्यस्तै सृजनशिलका माध्यमबाट विधार्थिहरुलाई सचेत बनाउदै निर्वाचन केन्द्रित कार्यक्रमहरु तय गरेको छ । अनेरास्ववियुको नगरकमिटी, वडा कमिटी र विभिन्न कलेजका विधार्थिहरुलाई व्यापक परिचालन गर्ने निर्णय अनेरास्ववियु जिल्ला सदस्य अर्जुन खरेलले बताए ।

 
 
  
 

You may also like