गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा गठबन्धनबाट ज्ञवाली र एमालेबाट श्रेष्ठ भिड्ने

बुटवल । गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा गठबन्धनबाट यदु ज्ञवाली र नेकपा एमालेबाट हिमाल श्रेष्ठ चुनावी मैदानमा जाने भएका छ।

२०७४ को चुनावमा पराजित भएका ज्ञवाली सत्ता बाहिर रहदा पनि विभिन्न विकास निर्माणका काम गरे लोक प्रिय रहेका ज्ञवाली र नेकपा एमालेका युवा नेता श्रेष्ठ बिच प्रतिस्पर्धा हुने भएको हो ।

गठबन्धनका नेता ज्ञवालीले मनोनयन दर्ता गर्दै आफ्नो उम्मेदवारी समग्र रुरुबासी जनताको समृद्धीका लागि लाग्ने बताए ।

गांउपालिका अध्यक्षमा गठबन्धनबाट नेकपा माओबादी केन्द्रका युवा नेता सन्तोष यदु ज्ञवाली र उपाध्यक्षमा दुर्गादेवी ज्ञवालीले उम्मेदवारी मनोनयन गरेका छन् ।

रुरु १ मा रूरू १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता अमुल्य श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छ

त्यसै गरि वडा २ मा नेपाली कांग्रेसका नेता मंगलबहादुर रेगामी, वडा न ३ मा एकीकृत समाजवादीका नेता नरहरी ज्ञवाली, वडा न ४ बाट नेकमा माओवादीका नेता कमल श्रेष्ठ,वडा न ५ बाट पनि नेकपा माओवादीका नेता हरि ज्ञवाली र वडा न ६ बाट नेपाली कांग्रेसका नेता फर्सबहादुर दर्लामीको टिम चुनावी मैदानमा छन्।

जनमोर्चाका नेता टेकबहादुर केसीले वडा न ४ को वडा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

 
 
  
 

You may also like