मनोनयन दर्ताअघी आर्शिबाद थाप्न जेष्ठ नागरीक ज्ञवालीको घरमा पुगे भिमकान्त

बुटवल । स्थानीय तहको चुनाबी माहोलले बिस्तारै गाउ तात्न थालेको छ । दलका नेताहरु चुनाबी अभियानमा होमीएका छन ।

सामाजीक सन्चालदेखी पार्टी कार्यालयरु झन्डा र प्रचारसामाग्रीले भरिएका छन । बैशाख १२ गते मनोनयन दर्ता गर्ने अन्तिम दिन ठुला दलका अधिंकाश उम्मेदवारहरु सम्बन्धित निर्वाचन कार्यालयमा जाने तयारीमा देखिन्छन ।

बिहान १० बजेदेखी साझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय राखेको निर्वाचन कार्यालयले आफ्नो तयारीलाइ पनी सोही ढंगले अगाडी बढाएको देखिन्छ । यता रुपन्देहीको सैनामैना नगरपालीका वडा नम्बर ७ मा नेकपा एमालेबाट मनोनयन दर्ता गराउने तयारीमा रहेका भिमकान्त न्यौपाने भने वडाका सबैभन्दा जेष्ठ नागरीक १०४ बर्षीय ऋषीराम शर्मा ज्ञवालीको घरमा पुगेर आर्शिबाद लिन भ्याए ।

५ दशकभन्दा धेरै समयदेखी वार्ड नम्बर ७ मा बसोबास गरिरहेका ज्ञवाली वडाका सबैभन्दा जेष्ठ मतदाता समेत हुन । वार्ड नम्बर ७ मा एमालेले चुनाबी अभियान निरन्तर रुपमा अगाडी बढाएको छ , ज्ञवालीको आर्शिबाद थाप्दै वडामा सर्बसम्बत उम्मेदवार बनेका न्यौपानेले भने– जागीरे जिबनलाइ त्याग्दै बाकी जिबन पुरै सामाजीक काममा र वार्डको समग्र बिकासमा लगाउने सोचका साथ पाइला अगाडी बढाएको हु ।”

जवाफमा कान कम सुन्ने ज्ञवालीले सकि नसकी मनमोहनको पालादेखी नै बृद्धभत्ता बुझ्ने गरेको बताउदै उम्मेदवारलाइ धापमारी आर्शिबाद दिएका थिए । कुल ११वडा रहेको सैनामैना नगरपालीकाको मध्यभागमा पर्ने वार्ड नम्बर ७ मा ४००२ मतदाता रहेका छन भने ७ हजार जनसङख्या रहेको छ ।

 
 
  
 

You may also like