नेपाली काँग्रेसबाट पाण्डेय बुटवल मेयरको उम्मेदवार

बुटवल । बुटवल उपमहानगरपालिका नेपाली काँग्रेसले मेयरको लागि खेल राज पाण्डेयलाई उठाउने निर्णय गरेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राती अबेर सम्म बसेको बैठकले पाण्डेयलाई मेयरको टिकट दिने निर्णय गरेको बोर्ड सदस्य विष्णु पोखरले बताए ।

पाण्डेय नेपाली काँग्रेस बुटवलका नगर सभापति समेत हुन् । बुटवलमा गठबन्धनको तर्फ मेयर नेपाली काँग्रेसले पाएको पाएको छ । भने उप मेयर एकीकृत समाजवादी पार्टीले पाएको छ । काँग्रेसका पाण्डेय यस अधि पनि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए । अहिले एमाले बुटवलमा बाबुराम भट्टराईलाई उठाउने निर्णय गरेको छ । आज दुवै जनाले मनोनयन दर्ता गर्ने छन् ।

 
 
  
 

You may also like