गुल्मी कांग्रेस सभापति रेसुंगा नगरपालिकाको मेयर उम्मेदवार

गुल्मी । नेपाली कांग्रेस गुल्मीले रेसुङ्गा नगरपालिकाको नगर प्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि कांग्रेस गुल्मीका जिल्ला सभापतिसमेत रहेका खिलध्वज पन्थीलाई सर्वसम्मत नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस जिल्ला सह–सचिव धर्मराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार उपप्रमुख लगायत अन्य पदहरुमा उम्मेदवार चयनका बारेमा सत्ता गठबन्धनको छलफल भइरहेको उनले बताए । रेसुंगा नगरमा नगर प्रमुखमा उम्मेदवार बनेका पन्थी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

नगरमा २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ठुला तीन राजनितिक दल एक्ला एक्लै चुनावमा होमिएका थिए । जसमा नेकपा एमाले नगरप्रमुख उपप्रमुख सहित ६ वटा वडा जितेको थियो ।

अन्य बाँकी वडामा नेपाली कांग्रेस विजय भएको थियो । नगरपालिकामा नेकपा एमालेले इन्जिनियर रामप्रसाद पाण्डेयलाई उम्मेदवार बनाएको छ ।

 
 
  
 

You may also like