मानव अधिकार तथा शान्ति समाजको आव्हान ः शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन

हरिश ढकाल
बुटवल । आज १६ औँ लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले देशका बिभिन्न स्थानमा प्रदर्शन गरेको छ । मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन भन्ने कुल नाराका सहित समाजले ३७ जिल्लामा बिभिन्न कार्यक्रम गरि लोकतन्त्र दिवस मनाएको हो ।

यसैक्रममा वुटवलको विपिचोकमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले भ्रष्ट्राचार र कुशासन लोकतन्त्रका शत्रु भएको बताए । लोकतन्त्रको रक्षा र स्थायीत्वका लागि भ«ष्टाचार मुक्त समाज र सुशासन अनिवार्य भएको सभापति खनालको भनाइ छ ।

सभापति खनालले लोकतन्त्रका लागि लडेका परिवर्तनकारि शक्तिहरु एक ठाँउमा उभिएर उपलब्धिको संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पूर्ण प्रेस स्वतन्त्रता बिना लोकतन्त्र अधुरै रहने भन्दै लोकतन्त्र र पे्रस स्वतन्त्रतामाथि धावा बोल्ने कसैलाई नछोडिने बताए ।

सो अवसरमा रुपन्देही ब्यापार संघका उपाध्यक्ष दिपक अधिकारी, शान्ति समाज शाखा सभापति डिपी खनाल, सचिव कपिल ज्ञवालीलगायतले नेपालको लोकतान्त्रिक आन्दोलनमा मानव अधिकार तथा शान्ति समाजको भुमिका बारे चर्चा गरेका थिए
सहभागिहरुले लोकतन्त्र जिन्दावाद, मितव्ययी निर्वाचन ः भ्रष्टाचारमुक्त शासन, दिगो लोकतन्त्रका लागि सुशासन, आजको आवश्यकता ः प्रविधिमैत्री निर्वाचन, लोकतन्त्रको आधार ः शान्ति र मानव अधिकार, लोकतन्त्रको गन्तव्य ः दण्डहीनताको अन्त्य, वैज्ञानिक शिक्षा ः सबैको अधिकार, गुणस्तरीय स्वास्थ्य सेवा ः सबैको अधिकार, लोकतान्त्रिक संस्कृति ः अहिंसात्मक जीवनधारा लेखिएका प्लेकार्ड र ब्यानरहरु प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल, केन्द्रिय सदस्य बिष्णु भुसाल, समाजका पूर्व जिल्ला सभापति हरिष ढकाललगायत ३ दर्जन अधिकारकर्मीको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like