बुटवलको उपमेयरमा समाजवादीबाट चीनबहादुर गुरुङ उम्मेदवार

बुटवल ।नेकपा एकीकृत समाजवादीले बुटवलको उपमेयर उम्मेदवारमा चीनबहादुर गुरुङलाई उम्मेदवार सिफारिस गरेको छ ।सम्बन्धित पालिकाबाट एकल नाम सर्वसम्मत सिफारिस भएर आएको र प्रदेशले केन्द्रमा पठाएको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले बताए ।

बुटवलको उपमेयरमा सिफारिस गुरुङ पार्टीका बुटवल नगर अध्यक्ष हुन् । अघिल्लो निर्वाचनमा उनी बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए । गुरुङ यातायात मजदुर तथा व्यवसायी भलाई कोषका पूर्वअध्यक्ष समेत हुन् ।

बुटवलमा मेयर कांग्रेसको भागमा परेको छ ।लुम्बिनीका चार उपमहानगरमध्ये ५ दलीय गठबन्धनमा भागबण्डा गर्दा एकीकृत समाजवादीले बुटवल र तुल्सीपुरमा उपमेयर पाएको थियो ।

 
 
  
 

You may also like