नेपाली काँग्रेस क्षेत्रीय सभापति हरि लम्सालद्वारा राजीनामा

बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीले एकलौटी काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् । आज जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले राजीनामा बुझाएका हुन् । पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेको उनको आरोप छ ।

नगर सभापतिहरुले एकलौटीबारे आवाज उठाउँदा समेत बेवास्ता भएको उल्लेख गर्दै उनले इमान्दारीता, निष्ठा र विधानको कुनै महत्व रहेन छ भन्ने निष्कर्ष निकालेर राजीनामा दिएको उल्लेख गरेका छन् । लामो समयदेखि नेपाली काँग्रेसको राजनीति गर्दै आएका लम्साल दुई कार्यकाल क्षेत्रीय सभापति रहेका थिए ।

 
 
  
 

You may also like