नमस्ते एकेडेमीमा ओपन हाउस कार्यक्रम हुँदै

बुटवल । द ब्रिटिस कलेज काठमाडौँ र द ब्रिटिस एजुकेसन गु्रप युकेको पूर्ण व्यवस्थापनमा सञ्चालित रुपन्देहीको तिलोत्तमामा रहेको नमस्ते एकेडेमीले ओपन हाउस कार्यक्रम गर्दैछ ।

विद्यालयले प्रदान गर्दै आएको कक्षा पिजीदेखि कक्षा एघार सम्मको अन्तर्राष्ट्रिय शैक्षिक सेवा एवम् सुबिधालाई अभिभावक तथा शुभेच्छुकलाई विस्तृत रुपमा जानकारी गराउने उद्देश्यले ओपन हाउस कार्यक्रम आयोजना गरिएको हो । यहि बैशाख १० गते आयोजना गरिएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा, युवा एवम् खेलकूदमन्त्री बसिउद्दिन खानको प्रमुख आतिथ्यतामा दिउँसो १ देखि ४ बजेसम्म कार्यक्रम हुनेछ ।

परम्परागत शिक्षण सिकाइभन्दा फरक र विद्यालय पहिलो घर भन्ने अबधारणलाई आत्मसात गरी ब्रिटिस शिक्षा पद्दतिलाई आधार मानेर विद्यार्थीको सवाङर््गीण विकास गरी गतिशील विश्वभूमण्डलीकरण र आधुनिक विश्व परिवेश सुहाउँदो जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित स्थापनाकालदेखि निरन्तर विदेशी शिक्षक एवम् परामर्सदाताको निर्देशनमा सञ्चालित शैक्षिक कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

वेलायतमा अभ्यास गरिने शिक्षण सम्बन्धि उच्चस्तरिय सीप र प्रविधिलाई नेपाली परिवेशमा प्रयोग गरेर ‘ग्लोवल टु लोकल अवधारणा अनुरुप विद्यार्थीको चौतर्फी विकासमा अग्रसर रहेको छ । त्यस्तै एक्स्ट्रा (अतिरिक्त) करिकुलम एक्टिभिटिज लाई वर्षभरि अध्यापन गरिने पाठ्यवस्तुमै समावेश गर्ने नितीअनुरुप अगाडि बढेको छ । योगा, स्विमिङ, फुटसल, कराँते, फुटबल, क्रिकेट, गीत–सङ्गीत, वाद्यवादन, कला–साहित्य, नाट्य एवम् विभिन्न क्लव एक्टिभिटीका माध्यमबाट विद्यार्थीको मानसिक एवम् आध्यात्मिक विकासमा विशेष जोड दिइएको छ ।

अंग्रेजी भाषामा विद्यार्थीलाई दक्ष बनाउनको लागि विदेशी शिक्षकबाट विशेष अंग्रेजी कोर्स एवम नाटक तथा नृत्य प्रशिक्षणको व्यवस्था गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरणमा सहज किसिमले आफ्नो पहुच बनाउन भनेर एघारदेखि सोर बर्ष उमेरका विद्यार्थीलाई यसै बर्षदेखि किडस एमबिए कार्यक्रम सञ्चालनमा ल्याईएको छ । उक्त कार्यक्रममा आमन्त्रित अभिभावक तथा शुभेच्छुकहरुले विद्यालयको समग्र शैक्षिक गतिविधिको अवलोकन गर्न सक्नेछन् ।

 
 
  
 

You may also like