स्याङ्जामा जीप दुर्घटना, सात जनाको मृत्यु

स्याङजा । स्याङ्जाको वालिङ नगरपालिका-१२ डाँडाखर्कमा आज (आइतबार) बिहान साढे १० बजे जीप दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । जीपमा सवार १३ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी जवान गमबहादुर क्षेत्रीले जानकारी दिए ।

दुई जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने थप चार जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै उपचार भइरहेको छ । उनीहरूलाई पनि पोखरा रिफर गर्ने तयारी भइरहेको प्रहरी कार्यालय वालिङका प्रहरी जवान क्षेत्रीले जानकारी दिए । थप विवरण भने आउन बाँकी छ ।

 
 
  
 

You may also like