डिआर बिल्डर्स एण्ड मेकर्सले भेट्यो ईन्जिनियर र निर्माण व्यवसायी, आफ्नो उत्पादन प्रयोग गर्न आग्रह

बुटवल । डिआर बिल्डर्स एण्ड मेकर्स प्रालिले आफ्नो उत्पादन बारे जानकारी दिने लक्ष्यसहित रुपन्देहीका ईन्जिनियर र निर्माण व्यवसायीहरुसंग भेटघाट गरेको छ ।

जर्मन प्रविधि प्रयोग गरि उत्पादन गरिएको ईपिएस कंक्रिट ब्लकबारे उत्पादन बारे जानकारी दिन बिल्डर्सले रुपन्देहीका ईन्जिनियर र निर्माण व्यवसायीहरुसंग भेटघाट गरेको हो ।

घर निर्माणमा उपयोगी ईट्टाको बिकल्पमा ईपिएस क्रक्रिट ब्लक उत्पादन शुरु भएको कम्पनीले दाबी गर्दै आएको छ । ईट्टा र एईसी ब्लकको विकल्पमा ईपिएस क्रक्रिट ब्लक नेपाली बजारमा उत्पादन शुरु गरिएको संचालक दिनेशमणि श्रेष्ठले बताए । ईपिएस कंक्रिट ब्लकबाट घर बनाउदा बाहिरी तापक्रमलाई ब्यवस्थापन हुने हुदा चिसो मौसममा न्यानो र गर्मी मौसममा सामान्य रहन्छ । यो हल्का हुनुको साथै भाईबर एब्जर र साउण्ड प्रोफ समेत छ । उनले भने । यसले धेरै चिसो वा धेरै तातो ठाउमा पनि घरभित्रको वातावरणलाई बचाउछ । नेपालको हिमाली, पहाडी र तराइ गरि ३ मौसमलाई नै घर निर्माण गर्दा फाईदा मिल्ने उनले बताए ।

उनले कोभिड १९ को संक्रमणकै कारण २०७६ सालमा स्थापना भएको उद्योगको उत्पादन करिब ढाई वर्ष ढिलो गरि बजारमा ल्याउनुपरेको दुखेसो गरे । बुटवल उपमहानगरपालिका १९ पथ्थरगंजमा ईपिएस क्रक्रिट ब्लक उत्पादन हुँदै आएको छ । ढुगा, ईटा हुँदै अब यो ब्रिकको जमाना आएको छ। उनले भने । सिमेन्टको लाईफ बराबर नै यसबाट निर्माण भएको घरको आयु रहन्छ । श्रेष्ठले घरमा क्रयाक रोक्ने भएकाले पनि यो निक्कै उपयोगी हुने बताउँदै विदेशमा भौतिक पुर्वाधारका अधिकाश सार्वजनिक क्षेत्रहरुमा रनवेको तल समेत ब्रिक राखिने गरेको जानकारी दिए ।

उद्योगमा अध्यक्ष डाक्टर राजन अमात्यसहित यस क्षेत्रमा नाम कमाएका उद्योगीहरु रंजन कसजु, ध्रुव श्रेष्ठ, ओम अमात्य, मनोज अमात्य र दिनेशमान श्रेष्ठको उद्योगमा लगानी छ ।

प्रालिका अध्यक्ष डा.राजन अमात्य रसियामा कार्डियोलोजीमा अध्ययन गर्ने सिलसिलामा त्यहाका रहनसहन, संस्कार बुझ्दै जादा यहाका घरहरुको बारेमा ज्ञान प्राप्त गरेकै कारण नेपालमा ब्रिकको उत्पादन सुरु गरिएको बताइएको छ । न्यून तापक्रम हुने त्यहाका घरहरुको बनावट बुझे । वातावरण मैत्री घर र न्यून बजेटमा बनाउनेबारे जानकारी बटुलें । अध्यक्ष अमात्यले भने, – ईपिएस कंक्रिट ब्लकबाट घर बनाउदा बाहिरी तापक्रमलाई ब्यवस्थापन हुने देखिएपछि नेपालमा उद्योग स्थापना गरियो ।

निक्कै कम तापक्रम हुने रसिया होस या अत्याधिक गर्मी हुने दुबईमा लोड ब्यारिङ प्रविधिमा विदेशमा घर निर्माण हुने अमात्यले बताए । ईपिएस क्रक्रिट ब्लक आगो लाग्ने तराईको समस्या समेत रोक्न सकिने उनले बताए । अमात्यका अनुसार ईपिएस क्रक्रिट ब्लक भाईबर एब्जर र साउण्ड प्रोफ समेत हुन्छ । उद्योगको प्रत्येक आठ घण्टामा ८० क्युबिक मिटर उत्पादन क्षमता रहेको भएपनि बजारको मागका आधारमा २५ देखि ३० क्युबिक मात्र उत्पादन भइरहेको उनले जनाए ।

रसियाबाट मेशिनहरु फुल फेजमा गएको खण्डमा २५ कर्मचारीहरुले रोजगार पाउन सक्ने उनले बताए । उनका अनुसार नेपालमा पिलर सिस्टम र लोड ब्यारिङ गरि २ प्रकारबाट बनाउन सकिने छ । पिलरमा जति तला बनाउदा पनि फरक नपर्ने र लोड ब्यारिङ २९३ तल्लासम्म बनाउन सकिने छ ।

बजारमा नया उत्पादन भएकाले माग बढ्दै गएको कम्पनीको दाबी छ । ८ ईन्च हाईट र २४ ईन्च लम्बाईका ४, ६ र ८ ईन्च मोटाईका ३ प्रकारका उत्पादन सुरु गरिएको डा. अमात्यले बताए । यसअघि सुर्खेत, नेपालगंजमा समेत कार्यक्रम गरिएको उनले बताए । कार्यक्रममा रुपन्देही जिल्ला भरिका करिब २ सय सहभागी भएका थिए । पुजा अमात्यको सहजिकरणमा भएको कार्यक्रममा संचालक दिनेशमणि श्रेष्ठको प्रस्तुतिकरण रहेको थियो ।

 
 
  
 

You may also like